बडवाइजर प्रायोजक भएपछि उपाधि अस्विकार

बडवाइजर प्रायोजक भएपछि उपाधि अस्विकार

केन्द्रबिन्दु
0
Shares

इजिप्टका गोलकिपर मोहमेद एल–सिनावेले म्यान अफ दि म्याच उपाधिको प्रयोजक बडबाईजर बियरले गरेकै कारण लिन अस्विकार गरेका छन् ।

उरुग्बे बिरुद्धको पहिलो खेलमा इजिप्ट १–० गोलले पराजित भएपनि गोलकिपर मोहमेदको उत्कृष्ठ प्रदर्शनले इजिप्ट लज्जाजनक हारवाट बचेको थियो । यो खेलमा राम्रो बचाउ गरेको भन्दै इजिप्टका गोलकिपर मोहमेदको योगदानलाई कदर गरेर सम्मान राखिएको थियो । उनलाई प्रदान गर्न लागिएको म्यान अफ दि म्याचको शिल्डमा बडबाईजरले प्रायोजक गरेकै कारण मोहमेदले उक्त लिन अस्विकार गरेका छन् ।

ईस्लामिक कानूनमा मदिरालाई बर्जित गरिएको छ । सोही अनुसार आफु इस्लाम धर्मावलम्बि रहेको कारण उक्त शिल्डमा बडबाइजरको लोगो रहेकै कारण अस्विकार गरेको मोहमेदले बताए । बडवाईजर बिश्वकप २०१८ को मुख्य प्रायोजकको रुपमा रहेको छ । मोहमेदको यो निर्णयले गर्दा अरु ईस्लामिक धर्मावलम्बि रहेका देशका खेलाडीहरुले पनि के गर्ने हुन् भन्ने कौतुहलता अहिले बढेको छ । यो बिश्वकपमा ईस्लामिक पृष्ठभुमि भएका इजिप्ट लगायत मोरक्को, साउदी अरेयिबा, इरान, ट्युनिशिया, सेनेगल र नाईजेरियाले पनि प्रतिस्पर्धा गरिरहेका छन् । जसमा जर्मनीका मेत्सु ओजील, फ्रान्सका पाउल पोग्वा र इजिप्टका मोहमेद सलाह जस्ता चर्चित खेलाडीको धार्मिक आस्था इस्लामिक नै रहेको छ ।

Logo