उत्तर अमेरिकाका बासिन्दा लियोनल मेस्सी र यूरोपियन क्रिष्टियानो रोनाल्डो विच सधै नाकको लडाई हुने गरेका छ । यूरोपको दुई नामुद क्लब रियल म्याड्रिड र बार्सिलोना विच हुने प्रतिस्पर्धा होस् वा फिफाले प्रदान गर्ने एवार्डनै किन नहोस् रोनाल्डो र मेस्सी विचनै प्रतिस्पर्धा हुने भएको छ । "/>

मेस्सी र रोनाल्डोः को बढी चमत्कारी ? (भिडियोसहित)

मेस्सी र रोनाल्डोः को बढी चमत्कारी ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

उत्तर अमेरिकाका बासिन्दा लियोनल मेस्सी र यूरोपियन क्रिष्टियानो रोनाल्डो विच सधै नाकको लडाई हुने गरेका छ । यूरोपको दुई नामुद क्लब रियल म्याड्रिड र बार्सिलोना विच हुने प्रतिस्पर्धा होस् वा फिफाले प्रदान गर्ने एवार्डनै किन नहोस् रोनाल्डो र मेस्सी विचनै प्रतिस्पर्धा हुने भएको छ ।

रसियामा आयोजना भैरहेको २१ औं विश्वकपमा पनि फुटबलका प्रशंसक देखि फुटबलका बिश्लेषकहरुको ध्याउन्न रोनाल्डो र मेस्सीले आ–आफ्नो टिमलाई कसरी जिताउलान् र टिमलाई सफलताको कुन बिन्दुसम्म पुर्‍याउलान् भनेर चर्चा हुन थालेको छ ।

प्रोफेसनल फुटबलका यि दुई हस्तिहरुको सम्भवत यो अन्तिम विश्वकप हुने अनुमान गरिएको छ । उमेर हदको कारण दुबैले सम्भवत अर्को चार बर्षको विचमै अन्तराष्ट्रिय फुटबलवाट सन्यासको घोषणा गर्ने देखिन्छ । तर टिमको ब्यवस्थापनले चाहेमा उनीहरु आउन पनि सक्छन् । तर पनि अहिले उनीहरुले बनाएको मानसिक तयारी र अन्य कारणहरुले गर्दा उनीहरु सम्भवत कतार विश्वकपमा देखिन सक्दैनन् होला ।

मेस्सी र रोनाल्डोको विश्वकप यात्रा सन् २००६ मा जर्मनीले आयोजना गरेको विश्वकप देखि भएको थियो ।

मेस्सीको कुरा गर्दा यो विश्वकपमा अर्जेन्टिनाले लिगमा आईभोरीकोष्ट बिरुद्ध खेलेको पहिलो खेलमा मेस्सीलाई प्लेईङ सेटमै राखेको थिएन । दोस्रो खेलमा सर्बिया एण्ड मोन्टेनेग्रो बिरुद्धको खेलमा ७५ औं मिनेटमा मैदानमा छिरेका मेस्सीले ८८ औं मिनेटमा अर्जेन्टिनाको पक्षमा १ गोल गरेका थिए । यो खेलमा अर्जेन्टिनाले ६–० ले जित हात पारेको थियो ।

यो बिश्वकपको आयोजक जर्मनीबिरुद्धको क्वाटर फाइनल खेलमा मेस्सी बेन्चमै बसेर हेर्न बाध्य भए । यो खेलमा जर्मनीले अर्जेन्टिनालाई पेनाल्टि सुट आउटवाट पराजित गरेर घर फर्काएको थियो । २००६ बिश्वकपमा मेस्सी तिन खेल खेल्ने क्रममा मैदानमा १ सय २२ मिनेट बिताएका थिए ।

यूरो २००४ को फाइनलमा ग्रिससंग पोर्चुगल पराजित भएपनि क्रिष्टियानो रोनाल्डोलाई दुई बर्ष पछि आयोजना हुने विश्वकपको उदयमान् खेलाडीको रुपमा हेर्न थालिएको थियो ।

सन् २००६ को विश्वकपमा रोनाल्डोको विश्वकपमा पहिलो पटक उदय भयो । पोर्चुगिज् टिममा पाउलेटा, लुईस फिगो, टियागो जस्ता दिग्गज् खेलाडीहरु रहेको टिममा रोनाल्डोले एंगोला बिरुद्धको पहिलो खेलमा ६० मिनेट मात्र खेल्न पाएका थिए । इरान बिरुद्ध भएको लिगको दोस्रो खेलमा रोनाल्डोले ८० औं मिनेटमा पेनाल्टि प्रहार गर्न पाएका थिए । जसलाई उनले गोलमा परिणत गरेर विश्वकपमा गोलको खाता खोल्न सफल भएका थिए ।

यो बिश्वकपको क्वाटर फाइनलमा पोर्चुगल र ईंग्ल्याण्डविच जम्का भेट भएको थियो । निर्धारित र अतिरिक्त समयमा दुबै टिमवाट कुनै पनि गोल हुन नसकेपछि भएको पेनाल्टि सुट आउटमा अन्तिम पेनाल्टिलाई गोल गर्दै रोनाल्डोले पोर्चुगललाई सेमिफाइनलसम्म पुर्‍याए । सेमिमा पोर्चुगल फ्रान्सका जिदानको एक गोलको मद्धतले पराजित हुदैं तेस्रो स्थानको प्रतिस्पर्धामा पुग्यो । यसमा पनि पार्चुगल आयोजक जर्मनीसंग पराजित भएर घर फर्किएको थियो ।

२००६ को बिश्वकपमा रोनाल्डोले ६ खेल खेल्ने क्रममा मैदानमा ४ सय ८४ मिनेट बिताएका थिए ।

MESSI IN 2006 

Games played: three; Minutes: 122

Goals: one; Assists: one

Stage reached: Quarter Finals 

RONALDO IN 2006 

Games played: 6 ; Minutes: 484

Goals: one;  Assists: none

Stage reached: Fourth place 

दक्षिण अफ्रिकाले सन् २०१० मा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने क्रममा मेस्सी र रानोल्डो फुटबलको क्षेत्रमा धेरै नै नाम र दाम कमाएका खेलाडीको रुपमा प्रस्तुत भैसकेका थिए ।

मेस्सी र रोनाल्डो दुबै आ–आफ्नो टिमको कि प्लेयरको रुपमा थिए । अर्जेन्टिनाले जसरी म्याराडोनाको चमत्कारमा सन् १९८६ को विश्वकप जितेको थियो त्यसरी नै मेस्सीको बलमा सन् २०१० को विश्वकप जित्ने सोचमा थियो अर्जेन्टिना ।

कप्तानको रुपमा भएको मेस्सीको यो उदयलाई लिग चरणको खेलमा दर्शकले सोचे अनुसार देख्न पाएनन् । अझ भनौं मेस्सीले लिग चरणमा खेलेको तिनवटै खेलमा एक गोल पनि गर्न सकेनन् ।

कार्लोस ताभेज, गोन्जालो हिग्युईन जस्ता खेलाडीले टिमकै लागि सर्वाधिक गोल गरेपनि मेस्सीले आफ्नो टिमलाई तिन गोल गर्न सहयोग गर्नु सिवाय अरु कुनै किसिमको चामत्कार देखाउन सकेनन् । जसको कारण अर्जेन्टिना क्वाटरफाइनलमा जर्मनीद्धारा ४–० गोलले पराजित भएर घर फर्किनु पारेको थियो ।

२०१० को विश्वकपमा मेस्सीले फाइनल चरणमा ५ खेल मार्फत् ४ सय ५० मिनेट मैदानमा खेलेका थिए ।

यही विश्वकपको समूह जिमा परेको पोर्चुगलले आईभोरि कोष्टबिरुद्ध भएको पहिलो खेलमा गोलको खाता नै खोल्न सकेन । बरु फल खेलको कारण पोर्चुगीज् टिमका कप्तान रोनाल्डोले येल्लो कार्ड पाए । यो विश्वकपको लिग चरणमा भने पोर्चुगलले उत्तर कोरियाबिरुद्ध सानदार जित हात पार्न सफल भयो । ७–० ले उत्तर कोरियालाई पराजित गर्ने क्रममा रोनाल्डोले ८७ औं मिनेटमा एक गोल गरेका थिए । यो सफलताले प्रिक्वाटर फाइनलमा स्थान बनाएको पोर्चुगल स्पेनद्धारा १–० गोलले पराजित भएर घर फर्किनु परेको थियो ।

२०१० बिश्वकपमा रोनाल्डोले ४ खेल खेल्ने क्रममा ३ सय ६० मिनेट मैदानमा बिताएका थिए ।

MESSI IN 2010 

Games: 5; Minutes: 450

Goals: none; Assists: three 

Stage reached: Quarter finals 

RONALDO IN 2010 

Games: four; Minutes: 360

Goals: one; Assists: one

Stage reached: Last 16 

सन् २००६ को विश्वकपमा पदार्पण भएका रोनाल्डो र मेस्सीले सन् २०१० मा दक्षिण अफ्रिकाले आयोजना गरेको विश्वकपमा पनि उनीहरुको फुटबलको क्षेत्रमा कमाएको नाम र दाम अनुसारको प्रदर्शन गर्न सकेनन् । तर पनि फुटबलका पण्डितहरु यि दुई खेलाडीले सन् २०१४ को बिश्वकपमा भने धावा बोल्छन् भनेर विश्लेषण गरिरहेका थिए ।

सन् २०१४ मा ब्राजिलले आयोजना गरेको बिश्वकपमा सम्भावित विजेतामा आयोजकको दावी हुने त भयो नै अर्को ल्याटिन अमेरिकन राष्ट्र अर्जेन्टिना पनि दाबेदारको रुपमा प्रस्तुत भएको थियो ।

समूह एफमा परेको अर्जेन्टिनाले बोस्निया एण्ड हर्जगोभिनाबिरुद्धको पहिलो लिग खेलमै जित निकालेको थियो । एक गोल आत्मघाती भएपनि अर्को एक गोल भने मेस्सीले गरेका थिए । लिगचरणमा भएका तिनवटै खेलमा मेस्सीले १–१ गोलको खाता खोलेका थिए ।

क्वाटरफाइनलको यात्रासम्म मेस्सीले अर्जेन्टिनाको तर्फवाट कुनै गोल नगरेपनि सेमिफाइनलमा नेदरल्याण्ड बिरुद्ध भएको पेनाल्टि शुट आउटको निर्णय हुदाँ मेस्सीले १ गोल गरेर गोलको खातामा ४ गोल बनाए भने अर्जेन्टिनालाई फाइनलमा पनि प्र्‍याए ।

फाइनलमा अतिरिक्त समयमा जर्मनीले अर्जेन्टिनालाई पराजित गरेर मेस्सीको विश्वकप फुटबलको उपाधि जित्ने सपनालाई चकनाचुर बनायो ।

२०१४ बिश्वकपमा मेस्सीले ७ खेल खेल्ने क्रममा ६ सय ९३ मिनेट मैदानमा खेलेका थिए । मेस्सीको बिश्वकपमा देखिएको अहिलेसम्मको सर्वाधिक सफल क्षण भनेकै फाइनलमा पराजित हुनु देखिएको छ ।

सन् २०१४ को विश्वकप रोनाल्डोलाई वल्डकप करिअरकै सर्वाधिक दुखद क्षणको रुपमा रहेको थियो । उही क्लब फुटबलमा पाएको नेम र फेमले बिश्वकप उचाल्ने आशाका साथ ब्राजिल पुगेको पोर्चुगिज् टिम लिग चरणवाटै बाहिरिएर घर फर्किनु परेको थियो ।

समूह जिमा जर्मनी, अमेरिका, घानासंग रहेको पोर्चुगलले पहिलो खेलमै जर्मनीसंग ठुलो झट्का भोग्नु परेको थियो । यो खेलमा पोर्चुगल जर्मनीसंग ४–० ले पराजित भयो । दोस्रो खेलमा अमेरिकाले २–२ गोलको बराबरीमा रोकेपछि पोर्चुगलको भविष्य अन्य टिमको सफलतामा टिकेको थियो ।

तेस्रो खेलमा घानालाई पराजित गर्ने क्रममा पोर्चुगलको पक्षमा एक आत्मघाती गोल भएको थियो भने अर्को गोल रोनाल्डोले गरेका थिए । यो आत्मघाती गोल घानाले नगरेको भए यो खेल पनि १–१ गोलको बराबरीमा समाप्त हुन्थ्यो । भलै पार्चुगलले आफ्नो शाख जोगाउन खेल २–१ गोलले आफ्नो पक्षमा पारेपनि टिममा तेस्रो स्थानमा रहेर घर फर्किनु परेको थियो ।

२०१४ बिश्वकपमा रोनाल्डोले तिन खेल्ने क्रममा २ सय ७० मिनेट मात्र मैदानमा बिताए ।

MESSI IN 2014 

Games: 7 ; Minutes: 693

Goals: four; Assists: one

Stage reached: runners-up 

RONALDO IN 2014 

Games: three; Minutes: 270

Goals: one; Assists: one

Stage reached: Group Stage

विगतका ३ वल्र्डकपमा मेस्सि र रोनाल्डोको खेल उल्लेख्य नभएपनि यस वल्र्डकपमा भने उनीहरुले जादु देखाउने पूर्वानुमान गर्न थालिएको छ । अन्तिम विश्वकप हुने भएको हुनाले पनि उनीहरुकालागी यो विश्वकप गर वा मरको हुने पनि आम विश्लेषण रहेको छ ।

धेरैले मेस्सि र रोनाल्डोले चमत्कार नै देखाउने भविश्यवाणी गरिरहेका छन् । र, यी दुईका प्रतिस्पर्धी फ्यानहरु कस्ले बढी चमत्कार देखाउला भनेर पनि वादविवाद गरिरहेका छन्  । दर्शकबृन्द्ध, यो वादविवादको छिनोफानो हुन बढीमा एक महिना कुर्नु पर्ने हुन्छ ।

Logo