फ्रान्स vs अष्ट्रेलिया: को कति तगडा ?

फ्रान्स vs अष्ट्रेलिया: को कति तगडा ?

केन्द्रबिन्दु
0
Shares

रुसमा जारी विश्वकप २०१८ अन्तर्गत आज शनिबार दिउँसो फ्रान्स र अष्ट्रेलिया खेल्दै छन् । यो समुह सी अन्तर्गतको पहिलो खेल हो ।

फ्रान्सलाई समुह विजेताको रुपमा हेरिएको छ । सन् २०१६ मा फाइनलमा पुगेर पनि आफ्नै घरेलु मैदानमा पराजय भोग्न विवस फ्रान्स यसपटक बिश्वकपको उपाधि जित्ने दाउमा छन् । फ्रान्सले पछिल्लो आठ खेलमा १७ गोल गरिसकेको छ ।

त्यस्तै फ्रान्सले युरोकप २०१६ को फाइनलमा पुगेर पनि पराजित भएका थिए । फ्रेन्च टिमको प्रशिक्षकमा डिडियर डेस्चाम्स छन् भने सुपरस्टार फरवार्ड एन्टोनी ग्रिजम्यान र केलियन एमबाप्पे पनि छन् । फ्रान्सबाट रेकर्डेड करिअर बनाएका ओलिभर जिराउड भने बेन्चमा रहने सम्भावना छ।

फ्रान्सले पछिल्ला ६ खेलमा एक मात्र हार व्यहोरेको छ भने तीन खेलमा जित निकालेको छ। तर प्रतियोगिता अघिको अमेरिकाविरुद्धको मैत्रिपूर्ण खेलमा भने फ्रान्स १–१ गोलमा रोकिएको थियो। फ्रान्स गत मार्चमा कोलम्बियासँग पराजित भएयता रसिया, आयरल्यान्ड र इटालीलाई पराजित गर्न सफल भएको छ।

अष्ट्रेलियाले सन् २००२ को विश्वकप यता यो प्रतियोगिताको सुरुवाती खेलमा कुनै गोल गर्न सकेको छैन । नर्वे र जापानसँग हारेको उसले कोलम्बियालाई बराबरीमा रोकेको थियो। तर हंगेरी, चेक रिपब्लिक र थाइल्यान्डलाई भने पराजित गर्न सफल भएको छ। फ्रान्सले २०१३ मा अस्ट्रेलिया विरुद्धको मैत्रिपूर्ण खेलमा ६–० को जित निकालेको थियो ।

अस्ट्रेलिया विश्वकपमा निकै कठिनका साथ छनोट भएको टोली हो । तर अहिले अष्ट्रेलिया टोलीका प्रशिक्षक सन् २०१० मा नेदरल्याण्ड्सलाई विश्वकपको फाइनलमा पुर्याउने प्रशिक्षक हुन् । प्रशिक्षक वर्ट भान मार्विकले अस्ट्रेलियाले फुटबलमा आफूलाई धेरै सुधार गरेको भन्दै फ्रान्सविरुद्ध टिम जितका लागि मैदानमा उत्रिने बताएका छन्  । 

यद्यपि अस्ट्रेलियाको प्रदर्शन पछिल्लो समय राम्रो बन्दै गएको छ । खेल आज दिउसो ३:४५ बजेदेखि सुरु हुनेछ ।

Logo