विश्वकपको मुखैमा रोनाल्डोलाई सुनाइयो दुई बर्षको जेल सजाय

विश्वकपको मुखैमा रोनाल्डोलाई सुनाइयो दुई बर्षको जेल सजाय

केन्द्रबिन्दु
0
Shares

रियल म्याड्रिडका पोर्चुगिज् खेलाडी क्रिष्टियानो रोनाल्डोमाथी स्पेनमा लागेको कर छलीको अभियोगमा उनलाई दुई बर्षको जेल सजाय सुनाईएको छ । स्पेनिश पत्रिका एल मुण्डोले जनाए अनुसार स्पेनको कर अधिकारीहरुले २ अर्ब ३३ करोड २६ लाख रुपैंया जरिवना गर्नुका साथै दुई बर्षको जेल सजाय सुनाएका छन् ।

विश्वकप खेल्न रसियामा रहेका रोनाल्डोले यो बिषयमा कुनै किसिमको प्रतिक्रिया दिएका छैनन् । पत्रिकाका अनुसार रोनाल्डोले जेल जान स्विकार गरेको जनाएका छन् । स्पेनिक कर कानून अनुसार दुई बर्ष भन्दा कम जेल सजाय भएका ब्यक्तिलाई जेल मिनाह वा कुनै पनि बेला आफ्नो अनुकुलता अनुसार जेल जान पाउने सुविधा रहेको छ ।

यस्तो अवस्थामा पहिलो पटक गरेको गल्ती मानेर जेल मिनाह पनि दिन मिल्छ । तर रोनाल्डोको हकमा कुन नियम सक्रिय हुन्छ भन्ने बिषयमा कर अधिकारीहरु यकिन हुन सकेका छैनन ।

Logo