विश्वकप फुटबलको सबैभन्दा प्रतिक्षित खेल हो, स्पेन भर्सेस पोर्चुगल । ६ महिनाअघि विश्वकपको तालिका सार्वजनिक भएसंगै यो खेलको चर्चा विश्वभर चुलियो । "/>

स्पेन vs पोर्चुगल : को कति बलियो ? (भिडियोसहित)

स्पेन vs पोर्चुगल : को कति बलियो ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

विश्वकप फुटबलको सबैभन्दा प्रतिक्षित खेल हो, स्पेन भर्सेस पोर्चुगल । ६ महिनाअघि विश्वकपको तालिका सार्वजनिक भएसंगै यो खेलको चर्चा विश्वभर चुलियो । यी दुई छिमेकी मुलुक यूरोपेली फुटबलका महारथी राष्ट्र समेत हुन् ।

स्पेन पूर्व विश्व विजेता राष्ट्र हो भने पोर्चुगल वर्तमान यूरोप विजेता राष्ट्र हो । धेरैले यो खेल स्पेनले जित्ने छ भनेर सहजै अनुमान लगाउन सक्लान । तर अनुमान गरेजस्तो स्पेनलाइ पोर्चुगलविरुद्ध यो खेल जित्न त्यति सहज पक्कै पनि छैन ।

त्यसमाथी विश्वकप शुरुहुनु एकदिन अघि स्पेनले आफ्ना प्रमुख प्रशिक्षक जुलेन लोपेतेगुइलाई बर्खास्त गरेपछि टोलीमा यसको मनोबैज्ञानिक असर परेको अनुमान लगाउन सकिन्छ । जुलेनले राष्ट्रिय टोली सम्हाले यता स्पेनले एक खेल पनि हारेको थिएन ।

विश्वकपको पूर्व सन्ध्यामा स्पेनकै क्लब रियल मड्रिडमा नयाँ प्रशिक्षक बन्ने खबर सार्वजनिक भएसंगै स्पेन फुटबल फेडरेसनले जुलेनलार्इ बर्खास्त गरेको हो । उनको स्थानमा विश्वकप भरिलार्इ फर्नाण्डो हेइरोलार्इ प्रशिक्षक नियुक्त गरिएको छ ।

यता, पोर्चुगलको टोलीलार्इ ‘वान म्यान आर्मी’ माने त्यो स्पेनका लागि ठूलो भूल हुनेछ । यूरो च्याम्पियन टोली उसका सुपरस्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोको भरमा मात्र छैन । आन्द्रे सिल्भा, बरनार्डो सिल्भा, विलियम कार्भालोजस्ता खेलाडी पोर्चुगलका मुख्य हतियार हुनसक्छन् । यी खेलाडीलार्इ ९० मिनेटसम्म रोक्नसक्नु स्पेनका डिफेण्डरहरुलार्इ कम चुनौती छैन ।

यी दुर्इ टोलीका खेलमा स्पेनीस ला लीगाका धेरै कला कौशल देख्न पाइन्छ । स्पेन र पोर्चुगल टोलीका एक दर्जन भन्दा बढी खेलाडी ला लिगाका प्रमुख क्लबबाट व्यवसायिक फुटबल खेल्ने गर्छन । समुह बी मा स्पेन र पोर्चुगलसँगै मोरोक्को र एशियाली राष्ट्र इरान रहेका छन् ।

निकै कठिन यो समुहबाट अन्तिम–१६ मा स्पेन र पोर्चुगल नै सहजैसंग जाने अनुमान लगाउन सकिन्छ । त्यसैले पनि, स्पेन र पोर्चुगलले यो खेल जिते समुहमा पहिलो स्थान हासिल गर्नसक्ने पक्का छ । स्पेनका प्रमुख डिफेण्डर सर्जियो रामोस र जेरार्ड पिकेलाइ रोनाल्डोला कसरी रोक्ने भन्ने कुराको राम्रो जानकारी छ ।

रामोस, रोनाल्डोका रियल मड्रिडका पाटएनर हुन् । त्यस्तै, पिके बार्सिलोनाका प्रमुख डिफेण्डर हुन्, जसले रोनाल्डोको रियलविरुद्ध ४० भन्दा बढी खेल खेलेका छन् । त्यसैले पनि यी दुइ डिफेण्डर रोनाल्डोको बलियो र कमजोर पक्षवारे राम्रैसंग जानकार छन् । पोर्चुगलका प्रशिक्षक फर्नाण्डो सान्चेज ट्याक्टिकली निकै राम्रो प्रशिक्षक मानिन्छन् । सान्चेजले नै पोर्चुगललार्इ सन् २०१६ को यूरो कपको फाइनलमा बलियो र दावेदार राष्ट्र फ्रान्सविरुद्ध जित दिलाएका थिए ।

उक्त खेलमा रोनाल्डो पहिलो हाफमै घाइते भइ मैदान छाड्दा समेत सान्चेजले घरेलु टोली फ्रान्सविरुद्ध लडिरहन आफ्ना खेलाडीलार्इ प्रेरित गरिरहे । त्यसैको नजितास्वरुप पोर्चुगल यूरो कपको च्याम्पियन राष्ट्र बनेको थियो । तर, विश्वकप फुटबलमा भने पोर्चुगलको इतिहास त्यति शुखद् छैन ।

पोर्चुगल अहिलेसम्म विश्वकपको फाइनलमा समेत पुग्न सकेको छैन । यस्तोमा अन्तिम विश्वकप खेलिरहेका रोनाल्डो माथी निकै दबाव रहेको छ । स्पेन सुपरस्टार खेलाडीहरुले भरिएको टोली हो । स्पेनको मिडफिल्डमा जादूयी प्रदर्शन गर्नसक्ने खेलाडीको बाहुल्यता छ ।

आन्द्रेस इनिएष्ता, डेभिड सिल्भा, सर्जियो बुस्केस्ट, थियागो अल्कन्तरा जस्ता खेलाडी कुनैपनि वेला खेल आफ्नो पक्षमा पार्नसक्ने सामर्थ राख्छन् । स्पेनका गोलकिपर डेभिड द हेय पनि यो वर्ष उत्कृष्ट लयमा छन् । इङलिस क्लब म्यानचेष्टर युनाइटेडका यी गोलकिपर गत सिजनको प्रिमियर लिगमा उत्कृष्ट गोलरक्षक चुनिएका थिए । यसपटक स्पेनलाइ विश्वकपमा राम्रो गर्नुपर्ने दबाब उत्तिकै छ ।

सन् २०१४ को विश्वकपमा डिफेण्डिङ च्याम्पियनका हैसितमा ब्राजिल पुगेको स्पेन पहिलो चरणबाटै लज्जास्पद हार ब्यहोर्दै घर फर्किएको थियो । उक्त प्रशर्दनलाइ बिर्साउदै स्पेन राम्रो गर्ने सुरुमा रहेको छ । विश्वभर स्पेनलार्इ यो विश्वकपको दाबेदार राष्ट्र मान्ने जमात पनि कम छैन । यी दुई टोलीको खेल नेपाली समय अनुसार शुक्रवार राती ११ः४५ मा सोची शहरस्थित फिष्ट रङशालामा शुरु हुनेछ ।

हेर्नुहोस् भिडियोः

Logo