काठमाडौं

विश्वकप अन्र्तगत आज राती ११ः४५ बजे विश्वकपका दाबेदार मानिएका पोर्चुगल र स्पेन विच खेल हुँदैछ । "/>

विश्वकपका दाबेदार मानिएका पोर्चुगल र स्पेन विचको रोचक भिडन्त आज

विश्वकपका दाबेदार मानिएका पोर्चुगल र स्पेन विचको रोचक भिडन्त आज

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप अन्र्तगत आज राती ११ः४५ बजे विश्वकपका दाबेदार मानिएका पोर्चुगल र स्पेन विच खेल हुँदैछ । यी दुबै टिमलाई विश्वकपका दाबेदारको रुपमा हेरिएको छ । दुबै टिमका सर्मथक उत्तिकै रहेका छन् । स्पेन र पोर्चुगल सीमाना जोडिएका २ छिमेकी देश हुन् । त्यसैले स्पेन र पोर्चुगल दुवैका लागि हरेक खेल एक आपसमा जित्नु पक्कै पनि शाखसँग जोडिएको विषय बन्ने गर्दछ । त्यस्तै शाख जोगाउनकै लागि यी २ देश एकपटक फेरि विश्वकप फुटबलमा भिड्दै छन ।

स्पेन सन् २०१० को विश्वकप विजेता हो भने पोर्चुगल युरोकप फुटबलको विजेता हो ।  पोर्चुगलका कप्तान क्रिस्चियानो रोनाल्डो स्पेनमै रहँदै रियल मड्रिडमा धेरै स्पेनिस खेलाडीसँग खेलिरहेका छन् ।

विश्वकपमा पोर्चुगल र स्पेनको भेट निकै ठूलो प्रतिस्पर्धा र डर्बीजस्तै रहेको विश्लेषण गरिएको छ । पोर्चुगल एवं वेस्टह्यामका डिफेन्डर जोसे फोन्टेले भने ‘यो निकै ठूलो प्रतिस्पर्धा हो र यो डर्बीजस्तै हुनेछ । खेल निकै रोमाञ्चक हुनेछ र सबैले रुचाउनेछन् ।’ सन् १९६६को विश्वकपमा तेस्रो स्थानमा पुग्नु नै पोर्चुगलको लागि ठूलो सफलता हो । सन् २००६ मा पोर्चुगल सेमिफाइनलसम्म पुगेको थियो ।

तर पछिल्लोपटक सन् २०१४ को ब्राजिल विश्वकपमा पोर्चुगल समूह चरणबाटै बाहिरिएको थियो । विश्व वरीयतामा पोर्चुगल स्पेनभन्दा अघि छ । पोर्चुगल विश्व वरितामा तेस्रो र स्पेन छैटौँ स्थानमा भएपनि स्पेनले पछिल्लो समयमा उत्कृष्ट खेल खेल्दै आएको छ । स्पेनको टिममा युवा खेलाडीले राम्रो गर्ने देखिएको छ । यस्तो समूहबाट अघिल्लो चरण पुग्नु पोर्चुगलका लागि सजिलो हुनेछैन ।

स्पेनका लागि पनि युरोपियन च्याम्पियन पोर्चुगलसँगको प्रतिस्पर्धा उत्तिकै कठिन हुनेछ । आजको खेलमा कसले बाजी मार्ला त्यसका लागि भने खेल कुर्नै पर्ने भएको छ ।

आज नै नेपाली समय अनुसार साँझ ५ः४५ मा इजिप्ट र उरुग्वे, पहिलो समूहको खेल हुनेछ भने साँझ ८ः४५ मा मोरक्को र इरान, दोस्रो समूह वीच पनि खेल हुने तालिका छ ।

यसै वीच सन् २०१८ विश्वकपको पहिलो गोलकर्ता रसियाका युरी गाजिन्सीकी बनेका छन् । गाजिन्सीकीले खेलको १२ औं मिनेटमा एलेक्जेडरको पास मार्फत हेडिङ् गर्दै बललाई जाली चुमाएका थिए । उनी नै २१ औं चरणको विश्वकपका पहिलो गोलकर्ता हुन् ।

Logo