काठमाडौं

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार (आज) समूह ‘बी’मा रहेका मोरक्को र इरान भिड्दैछन् । "/>

विश्वकप विशेष : आज मोरक्को र इरान भिड्दै (आजको खेल तालिका सहित)

विश्वकप विशेष : आज मोरक्को र इरान भिड्दै (आजको खेल तालिका सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार (आज) समूह ‘बी’मा रहेका मोरक्को र इरान भिड्दैछन् । एसियन राष्ट्र इरानले अफ्रिकन राष्ट्र मोरक्कोको सामना गर्नेछ । प्रतियोगिताको पहिलो खेलमै एसियाको प्रतिनिधि गर्ने साउदी अरब ठूलो गोलअन्तरले पराजित भएकाले इरानलार्इ त्यसको दबाब रहन सक्छ ।

तर दबाब चिर्दै आफ्नो स्वभाविक खेल देखाउन इरान तयार रहेको प्रशिक्षकको भनाइ छ । इरानको बलियो रक्षापंतीलाई चिर्ने चुनौती मोरक्कोलाई रहँदा यी दुईबीचको खेल प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ ।

मोरक्कोले पनि अफ्रिकन छनोटमा सनसनीपूर्ण नतिजा निकाल्दै विश्वकप अभियानमा रहेकाले स्वभाविक रूपमा पहिलो खेलमा जित निकाल्नु पर्ने चुनौती छ । यता २१ औँ संस्करणको विश्वकप फुटबल प्रतियोागिता अन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा आयोजक रसियाले शानदार सुरुवात गरेको छ ।

लुझ्न्की स्टेडियममा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनसहित विश्वका विभिन्न नेताको उपस्थितिमा भएको खेलमा रसियाले साउदी अरेबियालाई ५–० गोलअन्तरले पराजित गरेको हो ।
आजको खेल तालिका यस्तो :

१ असार :
साँझ ५ः४५, इजिप्ट र उरुग्वे, पहिलो समूह
साँझ ८ः४५, मोरक्को र इरान, दोस्रो समूह
राति ११ः४५, पोर्चुगल र स्पेन, दोस्रो समूह

Logo