मस्को

विश्वकप फुटबलको २१ औं संस्करणमा ३२ टोलीले सहभागिता जनाएका छन् । विश्वकपमा सहभागी देश मध्ये सबैभन्दा धनी राष्ट्र स्विजरल्यान्ड हो । "/>

विश्वकप विशेष : सहभागी मध्ये सबैभन्दा धनी र सबैभन्दा गरिव राष्ट्र कुन कुन ?

विश्वकप विशेष : सहभागी मध्ये सबैभन्दा धनी र सबैभन्दा गरिव राष्ट्र कुन कुन ?

केन्द्रबिन्दु
0
Shares

मस्को

विश्वकप फुटबलको २१ औं संस्करणमा ३२ टोलीले सहभागिता जनाएका छन् । विश्वकपमा सहभागी देश मध्ये सबैभन्दा धनी राष्ट्र स्विजरल्यान्ड हो । यस्तै सबैभन्दा गरिब मुलुक सेनेगल रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्विजरल्यान्डको वार्षिक प्रतिव्यक्ति आय ८० हजार अमेरिकी डलर रहेको छ । जबकि अफ्रिकी मुलुक सेनेगलका जनताको प्रतिव्यक्ति आय एक हजार ३८ मात्रै छ ।

स्विजरल्यान्डपछिको दोस्रो धनी राष्ट्र आइसल्यान्ड हो । यहाँका जनताको वार्षिक प्रतिव्यक्ति आय ७० हजार तीन सय ३२ अमेरिकी डलर छ । आइसल्यान्ड जनसंख्याको हिसाबले भने सबै भन्दा सानो मुलुक हो । यहाँको कुल जनसंख्या तीन लाख ३४ हजार मात्रै रहेको छ । जनसंख्याको हिसाबले सबैभन्दा ठूलो देश भने ब्राजिल हो । यस देशको जनसंख्या २१ करोड रहेको छ ।

ब्राजिलपछि अधिक जनसंख्या भएको मुलुकमा नाइजेरिजा पर्दछ । अफ्रिकी मुलुक नाइजेरियाको जनसंख्या १९ करोड ५० लाख रहेको छ । यसैगरी आयोजक रुस ३२ राष्ट्र मध्ये तेस्रो नम्बरमा पर्दछ । रुसको जनसंख्या १४ करोड ४० लाख छ । यसैगरी १३ करोड जनसंख्याका साथ मेक्सिको चौथो र १२ करोड ७० लाख जनसंख्याका साथ एसियाली मुलुक जापान पाँचौं स्थानमा छ ।

यसैगरी विश्वकपमा सहभागी ३२ राष्ट्र मध्ये तेस्रो धनी मुलुक हो, डेनमार्क । डेनमार्कका जनताको वार्षिक प्रतिव्यक्ति आय ५६ हजार चार सय ४४ लडर रहेको छ । विश्वकपमा सहभागी अर्को धनी मुलुक हो, अस्ट्रेलिया । एसियाली राष्ट्र अस्ट्रेलियाका जनताको वार्षिक आय ५५ हजार सात सय सात अमेरिकी डलर छ । यसैगरी युरोपियन राष्ट्र स्विडेन विश्वकपमा सहभागी पाँचौं धनी राष्ट्र हो । यहाँका नागरिकको वार्षिक आय ५३ हजार दुई सय १८ अमेरिकी डलर रहेको छ ।
अन्नपूर्णबाट

Logo