काठमाडौं

विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा आज देखि समाप्त हुँदैछ । विश्वकप फुटबलको आज उद्घाटन भएपछि औपचारिक रुपमा प्रतियोगिता १ महिना सम्म चल्नेछ । "/>

आजदेखि विश्वकप फुटबल महासंग्रामको २१ औं संस्करण रसियामा शुरु हुँदै

आजदेखि विश्वकप फुटबल महासंग्रामको २१ औं संस्करण रसियामा शुरु हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा आज देखि समाप्त हुँदैछ । विश्वकप फुटबलको आज उद्घाटन भएपछि औपचारिक रुपमा प्रतियोगिता १ महिना सम्म चल्नेछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१ औं संस्करण मस्कोको लुझनिकी रंगशालामा सुरु हुनेछ ।

सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । एक महिना (जुलाई १५ सम्म) चल्ने प्रतियोगितामा कुल ६४ खेल हुनेछन् । विश्वकपमा युरोपबाट आयोजक रसिया सहित बेल्जियम, जर्मनी, इङ्ल्यान्ड, स्पेन, पोल्यान्ड, आइसल्यान्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्विट्जरल्यान्ड, क्रोएसिया, स्विडेन र डेनमार्क गरि १४ देश सहभागी छन् ।

एसियाबाट इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया तथा अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, ट्युनिसिया र मोरक्कोले प्रतिस्पर्धा गर्दैछन् । उत्तर अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पनामा तथा दक्षिण अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्बिया र पेरुले प्रतिस्पर्धा गर्दैछन् । विश्वकपमा कुल ७ सय ३६ जना खेलाडी सहभागी हुँदैछन्। 

रुसमा पहिलो पटक हुन लागेको यो विश्वकपमा पाँच पटक विश्वकप जितिसकेको ब्राजिलसँगै साबिक विजेता जर्मनी, दक्षिण अमेरिकी, अर्जेन्टिना र पूर्वविजेताहरु फ्रान्स तथा स्पेनलाई उपाधिको प्रमुख दाबेदार मानिएको छ । यस प्रतियोगिताले आगामी चार वर्षका लागि नयाँ विश्व विजेता चयन गर्दै एक महिनापछि मस्कोको लुझनिकी रंगशालाबाटै बिदा लिनेछ ।

विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अनुसार संगीतका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । ठूलो सांगीतिक कन्सर्टका रुपमा चल्ने कार्यक्रममा विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाउनेछिन् । दुई पटक विश्वकपको उपाधि जितेका ब्राजिली पूर्व स्टार रोनाल्डो उदघाटन समारोहका अर्का मुख्य आकर्षण हुनेछन् ।

प्रतियोगिताभर ३५ लाख भन्दा बढीले रंगशालामै गएर खेल हेर्ने अनुमान गरिएको छ भने विश्वभर एक अर्ब भन्दा बढीले टेलिभिजनबाट दैनिक विश्वकप हेर्ने फिफाको अपेक्षा छ । विश्वकपकै लागि १० लाख भन्दा बढि विदेशी पर्यटकले रुसको भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

 

Logo