काठमाडौं

बिहिबार (आज) देखि शुरु हुने विश्वकप फुटवलको रौनक विश्वभर छाएको छ । विश्वकपको सम्पूर्ण तयारी सकिएको छ । "/>

विश्वकप विशेष : यसपटकको विश्वकपमा यी हुन् वढी उमेरका ५ खेलाडी

विश्वकप विशेष : यसपटकको विश्वकपमा यी हुन् वढी उमेरका ५ खेलाडी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

बिहिबार (आज) देखि शुरु हुने विश्वकप फुटवलको रौनक विश्वभर छाएको छ । विश्वकपको सम्पूर्ण तयारी सकिएको छ । आज उद्घाटन पछि रसियामा खेलको औपचारिक शुरुवात हुनेछ । यसैविच विगत एक महिना भन्दा पहिले देखि नै बिभिन्न कोणबाट खेल, खेलाडी तथा सहभागि राष्ट्रहरुको ब्याख्या, बिश्लेषण भइरहेको छ । यसपटक विश्वकप खेल्ने सबैभन्दा बढी उमेरका खेलाडीहरु को को छन् त भन्ने पनि चासोको रुपमा हेरिएको छ । यी हुन् वढी उमेरका ५ खेलाडी :

१) ईसाम इ हाड्रेय – गोलकिपर

इजिप्ट राष्ट्रिय टोलिका गोलकिपर ईसाम इ हाड्रेय सबैभन्दा बढी उमेरका खेलाडि हुन् । बुढेशकालले छोइसकेका उनमा जोश जाँगर भन नवजवान युवा खेलाडिमा भन्दा कम छैन । विश्वकप फुटवल शुरु हुने दिन जुन १४ तारिक (आज) मा उनको उमेर ४५ वर्ष ४ महिना ३० दिनको हनेछ । उनको खेललाई विश्वभर निकै चासोका साथ हेरिएको छ ।

२) राफेल मार्कुज

मेक्सिकोका डिफेन्डर राफेल मार्कुज यसपटक विश्वकप फुटवलको रसिया महासंग्राम मैदानमा उत्रिने बढी उमेरका दोस्रा खेलाडी हुन् । नवजवान युवाहरुको साथमा डिफेन्स खेल्न मैदान उत्रिँदै गरेका मार्कुजको उमेर जुन १४ मा ३९ वर्ष ४ महिना १ दिन हुनेछ ।

३) सर्गेइ इग्नासबीच

रसियाका मुख्य डिफेन्डर सर्गेइ इग्नासबीचको उमेर ३९ वर्ष भयो । उनी पनि सबैभन्दा बढी उमेरका खेलाडी मध्येका एक हुन् । संयोगबस विश्वकप फुटवलको महासंग्राम शुरु हुँदा जुन १४ तारिकमा सर्गेइले जन्मदिन समेत मनाउँदै छन् ।

४) टीम चाहिल
अष्ट्रेलियन मिडफिल्डर टीम चाहिल पनि यसपटक विश्वकप फुटवल खेल्ने बढी उमेरका खेलाडि हुन् । उनको उमेर ३८ वर्ष ६ महिना ८ दिनको भयो ।

५) जेसस् कोरोना
मेक्सिकन गोलकिपरको उमेर जुन १४ तारिकमा ३७ वर्ष ४ महिना १९ दिनको पुग्दैछ । कोरोना पनि रसियामा आज देखि शुरु हुने फिफा वल्र्डकप फुटवल प्रतियोगितामा मैदान उत्रिने बुढा खेलाडी मध्येकै एक हुन् ।
नेपाल समाचारपत्रबाट

Logo