काठमाडौं

उत्तरी आयरल्यान्डका नर्मन ह्वाइटसाइड विश्वकप फुटबल खेल्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् । "/>

विश्वकप विशेष : को हुन् विश्वकपका कान्छा खेलाडी ?

विश्वकप विशेष : को हुन् विश्वकपका कान्छा खेलाडी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

उत्तरी आयरल्यान्डका नर्मन ह्वाइटसाइड विश्वकप फुटबल खेल्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् । सन् १९८२ मा स्पेनमा आयोजना भएको विश्वकपमा उत्तरी आयरल्यान्ड पनि छनोट भएको थियो । सोही विश्वकपमा ह्वाइटसाइड पनि उत्तरी आयरल्यान्डको टोलीमा परेका थिए । समूहगत चरणमा उत्तरी आयरल्यान्डले जुन १७ तारिखमा आफ्नो पहिलो खेल युगोस्लाभियासँग खेलेको थियो ।

उक्त खेल खेल्दा ह्वाइटसाइडको उमेर केवल १७ वर्ष ४१ दिन पुगेको थियो । सोही खेलबाट उनले विश्वकप खेल्ने सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमान बनाएका हुन् । यद्यपि, विश्वकपको आफ्नो पहिलो खेलमै ह्वाइटसाइडले पहेँलो कार्ड पाएका थिए ।

सो खेलमा पहेँलो कार्ड पाउने उनी एक मात्र खेलाडी थिए । युगोस्लाभिया विरुद्धको खेल गोलरहित बराबरीमा सकिए पनि उत्तरी आयरल्यान्ड समूह विजेताका रूपमा दोस्रो चरणसम्म पुगेको थियो ।

होन्डुरसविरुद्घको आफ्नो दोस्रो खेलमा भने उनी ६६ औं मिनेटमा परिवर्तित खेलाडीका रूपमा मैदानबाट बाहिरिएका थिए । सो खेलमा युगोस्लाभिया १—१ गोलको बराबरीमा रोकिएको थियो । स्पेन विरुद्घको तेस्रो खेलमा पनि ह्वाइटसाइड ७३ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । उक्त खेलमा उत्तरी आयरल्यान्ड १, ० ले विजयी भएको थियो । ह्वाइटसाइडको उपस्थितिमा उनको टोलीले विश्वकपमा जितेको यो पहिलो खेल थियो । सो विश्वकपमा उनले गोल भने गर्न सकेनन् । ५३ वर्षीय ह्वाइटसाइडले अन्तर्राष्ट्रिय फुटबलमा उत्तरी आयरल्यान्डका लागि ३८ खेल खेल्दै नौ गोल गरेका थिए ।

Logo