काठमाडौं

विश्वकप फुटबलको इतिहासमा हाल सम्म एकजना खेलाडीले मात्र फाइनल खेलमा ह्याट्रिक गरेका छन् । "/>

विश्वकप विशेष : अहिले सम्म विश्वकप फाइनलमा एक मात्रै ह्याट्रिक, को हुन ती गोलकर्ता ?

विश्वकप विशेष : अहिले सम्म विश्वकप फाइनलमा एक मात्रै ह्याट्रिक, को हुन ती गोलकर्ता ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप फुटबलको इतिहासमा हाल सम्म एकजना खेलाडीले मात्र फाइनल खेलमा ह्याट्रिक गरेका छन् । सन् १९६६ को विश्वकपको फाइनलमा इङ्ल्यान्डका खेलाडी जेफरी हस्र्टले ह्याट्रिक गरेका थिए । उक्त विश्वकपको फाइनलमा इङ्ल्यान्डले अतिरिक्त समयमा तत्कालीन पश्चिम जर्मनीलाई ४,२ गोलले हराउँदै पहिलो पटक उपाधि चुमेको थियो ।

उक्त विश्वकपको फाइनल निकै रोमाञ्चक थियो । निर्धारित समयको खेल २, २ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णयका लागि अतिरिक्त समय थप गरिएको थियो । त्यसपछि जेफरीले १०१ र १२० औं मिनेटमा लगातार दुई गोल गर्दै इङ्ल्यान्डलाई विजयी बनाएका थिए । त्यस अघि उनले निर्धारित समयको १८ औं मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए ।

उक्त विश्वकपमा जेफरीले कुल चार गोल गरेका थिए । अर्को एक गोल भने उनले क्वार्टरफाइनल खेलमा गरेका थिए । उनले क्वार्टरफाइनल खेलको ७८ औं मिनेटमा गोल गरेपछि इङ्ल्यान्ड बलियो प्रतिद्वन्द्वी अर्जेन्टिनालाई १,० ले हराउँदै सेमिफाइनलमा पुगेको थियो । सन् १९६६ देखि सन् १९७२ को बीचमा इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट ४९ खेल खेल्दै २४ गोल गरेका जेफरी हाल ७६ वर्षका भए ।

जेफरीले इङ्ल्यान्डका लागि सन् १९७० को विश्वकपमा पनि एक गोल गरेका थिए । उनले वेस्टहाम युनाइटेड, स्टोक सिटी, वेस्ट ब्रोमविच लगायतका क्लबबाट व्यवसायिक फुटबल पनि खेलेका थिए । सक्रिय खेल जीवनबाट सन्यास लिएपछि उनले लामो समय प्रशिक्षकको भूमिका समेत निर्वाह गरेका थिए ।
अन्नपूर्णबाट

Logo