काठमाडौँ

ब्राजिलले यस अघि पाँच पटक विश्वकप फुटबलको उपाधि उचालिसकेको छ । ब्राजिलको टिम छैटौँ पटक उपाधि उचाल्ने लक्ष्यका साथ रसियाको यात्रामा निस्केको छ । "/>

पेलेको निष्कर्श : विश्वकप जित्न ब्राजिललाई सजिलो छैन

पेलेको निष्कर्श : विश्वकप जित्न ब्राजिललाई सजिलो छैन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

ब्राजिलले यस अघि पाँच पटक विश्वकप फुटबलको उपाधि उचालिसकेको छ । ब्राजिलको टिम छैटौँ पटक उपाधि उचाल्ने लक्ष्यका साथ रसियाको यात्रामा निस्केको छ । तर महान फुटबलर पेलेले भने ब्राजिलको टिम विश्वकप उपचाल्नका लागि सन्तुलित नरहेको बताएका छन् । उनले टिम च्याम्पियन हुनका लागि अझै बढी सन्तुलित हुनु पर्ने बताए ।

तीन पटक विश्वकप विजेता खेलाडी पेलेले ब्राजिल टिमको आलोचना समेत गरेका छन् । एउटा टिमले मात्रै विश्वकप जित्न सक्छ । नेमार एक्लैले विश्वकप जिताउन त सक्दैनन् । मेरा लागि उनी विश्वका सर्वश्रेष्ठ खेलाडीमा एक हुन् । उनी अहिले अझै परिपक्व र अनुभवी खेलाडी भइसकेका छन् ।

नेमार चोटबाट मुक्त हुँदै मैदानमा फर्किएपछि ब्राजिललाई राहत मिलेको छ । ब्राजीलले रूसमा हुन लागेको विश्वकपका लागि समूहमा ई मा कोस्टारिका, स्विजरल्यान्ड र सर्बियासँग प्रतिस्पर्धा गर्नेछ । पेलेले प्रशिक्षक टिटे प्रति भरोसा देखाउँदै भनेका छन्, मलाई प्रशिक्षकप्रति पूरा भरोसा छ । टिटेलाई प्रशिक्षक बनाएपछि ब्राजिलले दुई वर्ष यता खेलिएका २० खेलमा केबल एकमा मात्रै हारको सामना गरेको छ ।

यसैविच ब्राजिल फुटबल संसारका प्रख्यात खेलाडी पेले यसपटकको फिफा विश्वकपको उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् । स्वास्थ्य खराबीका कारण उनले रुसको यात्रा रद्द गरेका हुन् । पेलेका प्रवक्ताले बताए अनुसार पेलेको खुट्टामा केही समस्या रहेकाले रुसमा हुने विश्वकपमा सहभागिता नहुने भएका हुन् ।
अन्नपूर्णबाट

Logo