काठमाडौं

विश्वकपको १५ औं संस्करण अमेरिकाले आयोजना गरेको थियो । त्यस अघिका संस्करणमा कतिपय टोलीको जर्सी उस्तै देखिने र कुन खेलाडीले बल प्रहार गरे भन्ने विषय नै अन्योलपूर्ण थियो । "/>

विश्वकप विशेष : जर्सीमा खेलाडीको नाम कहिले देखि लेख्न थालियो ?

विश्वकप विशेष : जर्सीमा खेलाडीको नाम कहिले देखि लेख्न थालियो ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकपको १५ औं संस्करण अमेरिकाले आयोजना गरेको थियो । त्यस अघिका संस्करणमा कतिपय टोलीको जर्सी उस्तै देखिने र कुन खेलाडीले बल प्रहार गरे भन्ने विषय नै अन्योलपूर्ण थियो । अझ सन् १९५० मा ब्राजिल र १९७४ मा पश्चिम जर्मनीले आयोजना गरेको विश्वकपमा खेलाडीको जर्सीको विषय धेरै विवादमा परेको थियो । त्यति बेला कुन खेलाडीले बल हान्यो भनेर पत्ता लगाउन समेत गाह्रो भएको थियो ।

खेलाडीको जर्सी चिनिने र अझ नाम समेत लेख्ने विषयमा १९५० को विश्वकप देखि नै छलफल भएको थियो । तर उक्त कुराले सन् १९९४ मा अमेरिकामा आयोजना भएको विश्वकप फुटबल देखि साकार रूप लियो । १५ औं विश्वकप देखि सहभागी राष्ट्रका सबै खेलाडीले आफ्नो नाम लेखिएको जर्सीमा मैदानमा उत्रिए । यसले निर्णायक र समर्थकलाई समेत बल प्रहार कसले गर्‍यो भनेर छुट्ट्याउन सजिलो भयो ।

१५ औं संस्करण देखि खेलाडीले लगाउने जर्सीमा नाम राखिने परम्परा हालसम्म जारी नै छ । त्यति बेला विश्वकपमा २४ टोलीले भाग लिएका थिए । विश्वकपको त्यही कुरालाई पछ्याउँदै लिग फुटबलमा पनि जर्सीमा खेलाडीको नाम लेख्न थालियो । हाल विश्वका चर्चित खेलाडीको नाम लेखिएको जर्सी लगाउने र उसको टोलीलाई समर्थन गर्ने जमात विश्वभर उत्तिकै छ । पुराना खेलाडीको नाम लेखिएको जर्सी करोडौं रुपैयाँमा बिक्री समेत हुँदै आएका छन् ।
अन्नपूर्णबाट

Logo