काठमाडौँ

सन् १९५४ को विश्वकप स्विजरल्यान्डमा आयोजना भएको थियो । उक्त विश्वकपमा बनेको एउटा कीर्तिमान अहिलेसम्म पनि कायमै छ । "/>

विश्वकप विशेष : एउटै खेलमा १२ गोल, अहिले सम्म कीर्तिमान कायम

विश्वकप विशेष : एउटै खेलमा १२ गोल, अहिले सम्म कीर्तिमान कायम

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सन् १९५४ को विश्वकप स्विजरल्यान्डमा आयोजना भएको थियो । उक्त विश्वकपमा बनेको एउटा कीर्तिमान अहिलेसम्म पनि कायमै छ । उक्त विश्वकपको एउटा खेलमा दुवै टोलीको तर्फबाट कुल १२ गोल भएको थियो । विश्वकपको इतिहासमा हालसम्म एउटै खेलको नियमित समयमा भएको यो नै सर्वाधिक गोल हो । संयोग नै मान्नुपर्छ, यस्तो खराब कीर्तिमानसँग जोडिने एउटा टोली आयोजक स्विजरल्यान्ड नै थियो ।

जुन २६ तारिखमा आयोजक स्विजरल्यान्ड र अस्ट्रियाबीच क्वार्टरफाइनल खेल भएको थियो । उक्त खेलमा स्विजरल्यान्डलाई ७-५ गोलले हराउँदै अस्ट्रिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो । उक्त खेलमा अस्ट्रियाका थियोडर वाग्नरले ह्याट्रिक (२५ औं, २७ औं र ५३ औं मिनेट) गरेका थिए भने अल्फ्रेड कोर्नरले दुई (२६ औं र ३४ औं मिनेट) गोल थपेका थिए । अस्ट्रेलियाका लागि अर्नेष्ट ओकर्विक (३२औं मिनेट) र एरिक प्रोबेस्ट (७६औं मिनेट) ले पनि एक/एक गोल गरेका थिए ।

यसैगरी स्विजरल्यान्डका लागि पनि सेप ह्युगीले ह्याट्रिक (१७ औं, १९ औं र ६० औं मिनेट) र रोबर्ट बलम्यानले दुई (१६ औं र ३९ औं मिनेट) गोल गरेका थिए । यसरी दुवै टोलीको तर्फबाट नियमित समयमै कुल १२ गोल भएपछि उक्त खेल कीर्तिमानी बन्न पुगेको थियो । उक्त विश्वकपको उपाधि भने तत्कालीन पश्चिम जर्मनीले जितेको थियो । फाइनलमा पश्चिम जर्मनीले हंगेरीलाई ३-२ गोलले हराएको थियो । उक्त विश्वकपमा हंगेरीले कीर्तिमानी रूपमा २७ गोल गरेको थियो । हालसम्म एउटै विश्वकपमा कुनै पनि टोलीले २७ गोल गर्न सकेको छैन ।
अन्नपूर्णबाट

Logo