रसियामा आयोजना हुन लागेको विश्वकपमा खेल्ने खेलाडीहरुको अन्तिम सूची सार्वजनिक भएपछि अहिले फुटबलका पण्डितहरु कुन देशको लिग प्रतियोगितामा खेल्ने र कुन क्लववाट खेल्ने खेलाडीहरु सर्वाधिक कुन नेशनल टिममा परे भनेर हिसावकिताव निकाल्न थालेका छन् । "/>

कुन क्लव र लिगबाट विश्वकपमा कति खेलाडी ? (भिडियोसहित)

कुन क्लव र लिगबाट विश्वकपमा कति खेलाडी ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

रसियामा आयोजना हुन लागेको विश्वकपमा खेल्ने खेलाडीहरुको अन्तिम सूची सार्वजनिक भएपछि अहिले फुटबलका पण्डितहरु कुन देशको लिग प्रतियोगितामा खेल्ने र कुन क्लववाट खेल्ने खेलाडीहरु सर्वाधिक कुन नेशनल टिममा परे भनेर हिसावकिताव निकाल्न थालेका छन् ।

विश्वकपमा खेल्ने ३२ राष्ट्रले आफ्नो टिमको तर्फवाट खेल्ने सम्भावित २३ खेलाडीहरुको नाम पठाएपछि अहिले रसिया विश्वकपमा सहभागि हुने खेलाडीहरुको संख्या ७ सय ३६ पुगेको छ । यिनै ७ सय ३६ खेलाडीहरुमा कुन खेलाडी कुन देशको लिगवाट खेल्ने बढी रहेका छन् र कुन क्लवमा खेल्ने खेलाडीहरु संख्या कति रहेका छन् भनेर हिसाव किताव भैरहेको छ ।

यसपटकको विश्वकपमा खेल्ने खेलाडीहरु मध्ये सबैभन्दा धेरै खेलाडीहरु ईंग्लीस प्रिमियर लीगमा खेल्नेहरु रहेका छन् । हुन त विश्वकपमा धेरै खेलाडीहरु पठाउने किर्तिमान् पछिल्लो ६ पटकको विश्वकपलाई हेर्ने हो भने ईंग्लीस प्रिमियर लिगकै नाममा रहेको छ । यसपटक पनि ईंग्लीस प्रिमियर लिगमा विभिन्न क्लवहरुवाट खेल्ने १ सय ७ जना खेलाडीहरुले रसिया विश्वकप आ–आफ्नो नेसनल टिमवाट खेल्नका लागि सिट सुरक्षित गरेका छन् ।

ईंग्लीस प्रिमियर लिग पछि धेरै खेलाडीहरु स्पेनको ला लिगा प्रतियोगितावाट खेल्नेहरु रहेका छन् । ला लिगावाट खेल्ने ८१ जना खेलाडीहरुले रसिया वल्र्डकपमा स्थान सुरक्षित गरेको छन् । ला लिगाले सन् १९९८ पछि सर्वाधिक खेलाडी पठाउने लिगको तेस्रो स्थानमा आफुलाई सुरक्षित गरेको छ । ला लिगा पछि सर्वाधिक खेलाडी पठाउने लिगमा जर्मनीको बुण्डेसलिगा रहेको छ । बुण्डेसलिगामा खेल्ने ६० जना खेलाडीहरुले विभिन्न देशको तर्फवाट रसिया विश्वकप खेल्ने निश्चित भएको छ ।

बुण्डेसलिगा भन्दा केही कम मात्र खेलाडी पठाउनेमा ईटालीको सिरि ए रहेको छ । सिरि ए वाट खेल्ने ५८ जना खेलाडीहरुले विभिन्न राष्ट्रहरुको प्रतिनिधित्व गरेर रसिया वल्र्डकपमा आफ्नो सिट सुरक्षित गरेका छन् । रसिया विश्वकपमा फुटबलर पठाउनेमा फ्रान्सको लिग वान पनि रहेको छ । लिग वानमा खेल्ने ४८ जना खेलाडीहरुले यसपटक विश्वकप खेल्ने भएका छन् । आयोजक रसियाको लिगको चर्चा हामीकहाँ खासै नभएपनि रसियन प्रिमियर लिग खेल्ने खेलाडीहरुले पनि विश्वकपमा यसपटक राम्रै उपस्थिती देखाएका छन् । भलै छौठौ स्थानमा रहेपनि रसियन प्रिमियर लिग खेल्ने ३६ जना खेलाडीहरुले रसियामै अयोजना हुने विश्वकपमा आ–आफ्नो मुलुकको तर्फवाट सहभागिता जनाउने भएका छन् ।

यि त भए लिग प्रतियोगितावाट वल्र्डकपमा सहभागि हुने खेलाडीहरुको संख्या । अव हामी तपाईलाई क्लब लेभलवाट पनि बताउने छौं । लिगमा खेल्ने क्लव नै हो । यूरोपका क्लवहरुले विदेशी खेलाडीहरुलाई मनग्य रकम दिने समेत गरेका छन् । त्यसैले विश्वकपको मुखमा क्लबहरुले गौरव गर्ने ठाउँ पनि यही हो । हाम्रो क्लववाट कति खेलाडीले विश्वकपमा खेल्दै छन् भनेर । यसपटकको विश्वकपमा खेल्ने सर्वाधिक खेलाडीहरु म्यानचेष्टर सिटीका रहेका छन् । म्यानचेष्टर सिटीवाट खेल्ने १६ जना खेलाडीहरुले रसिया विश्वकपमा आ–आफ्नो नेसनल टिमवाट पनि सिट सुरक्षित गरेका छन् ।

म्यानचेष्टर सिटी पछि सर्वाधिक खेलाडीलाई विश्वकपमा देखिने भनेको रियल म्याड्रिडको हो । रियल म्याड्रिडवाट प्रोफेसनल फुटबल खेल्ने १४ जना खेलाडीहरुले यसपटक रसिया वल्र्डकपमा आफ्नो नेशनल टिमवाट सिट सुरक्षित गरेका छन् । रियल पछि सर्वाधिक खेलाडी पठाउनेमा उसकै क्लव लेभलको मुख्य राईभल बार्सिलोना रहेको छ ।

बार्सिलोनावाट खेल्ने १३ जना खेलाडीले रसिया वल्र्डकपमा आफ्नो नेसनल टिमवाट छनोट भएका छन् । यसपटकको विश्वकपमा फ्रान्सको पेरिश सेन्ट जर्मन, बेलायतको चेल्सी र टोटेनह्याम हट्सपुर क्लबवाट ब्यवशायिक फुटबल खेलिरहेका १२/१२ जना खेलाडीले पनि रसिया विश्वकपका लागि आफ्नो नेसनल टिममा सिट सुरक्षित गरेका छन् । यसैगरी जर्मनीको ब्रायन म्युनिख, ईटालीको युभेन्टस र बेलायतको म्यानचेष्टर युनाईटेडवाट खेल्ने ११/११ जना खेलाडीलाई पनि विश्वकपमा विभिन्न नेसनल टिमवाट खेलेको हेर्न पाईन्छ ।

यो विश्वकपमा खेल्ने ३२ राष्ट्रहरु मध्ये ईंग्ल्याण्डका खेलाडीहरुमात्र आफ्नो देश भित्रको लिग खेल्ने खेलाडी रहेका छन् । बाँकी रहेका ३१ राष्ट्रका अधिकांश खेलाडीहरु विदेशी लिग खेल्ने खेलाडी मात्र रहेका छन् । ईंग्ल्याण्ड टिमको यो वाहेक अर्को विशेषता भनेको यो विश्वकपमा सर्वाधिक कान्छो कप्तान राख्नु पनि हो ।

ईंग्ल्याण्ड टिमका कप्तान हेरी केन्सको उमेर २४ बर्षमात्र रहेको छ । ईंग्ल्याण्डले जसरी आफ्नै घरेलु लिग खेल्ने खेलाडीलाई टिममा लियो भने सेनेगल र स्विडेनको नेशनल टिमवाट छनोट भएका कुनै पनि खेलाडी आफ्नो देशको लिग प्रतियोगिता नखेल्ने खेलाडीहरु रहेका छन् ।

यो विश्वकपमा सहभागि हुने कुनै पनि खेलाडी सन् २००० पछि जन्मिएका भने छैनन् । रसिया विश्वकपमा सहभागि हुने सबैभन्दा कान्छो खेलाडी भनेकै अष्ट्रेलियाका ड्यानियल आर्जानी रहेका छन् । उनी फ्रान्सका अर्का कान्छा खेलाडी क्यालियन बाप्पे भन्दा दुई साताले मात्र कान्छो रहेका छन् । उनको उमेर १९ बर्ष रहेको नेशनल टिमले जनाएको छ ।
अष्ट्रेलियाका ड्यानियल त कान्छा खेलाडी भए । अब तपाईलाई यसपटक आयोजना हुने रसिया वल्र्डकपमा जेठो खेलाडी को होला भन्ने कौतुहलता पनि रह्यो होला । यसपटक विश्वकपमा ईजिप्टको तर्फवाट गोलकिपर पोजिसनमा खेल्ने इसाम इल हाडेरी सबै ७ सय ३६ खेलाडीहरुमध्ये जेठो रहेका छन् । यही विश्वकपमा सबैभन्दा धेरै ५ पटक विश्वकप खेल्ने खेलाडी पनि रहेका छन् । मेक्सिकोका राफा माक्र्वोज्ले रसिया विश्वकप समेत गरेर आफुलाई ५ पटक विश्वकप फाइनलमा आफुलाई प्रस्तुत गरेका छन् ।

Logo