काठमाडौं

विश्वकप खेल्ने आइसल्यान्ड इतिहासकै सानो राष्ट्र हो । आइसल्यान्डका लागि यो विश्वकप नयाँ अनुभव हो भने विश्वकपको पानामा इतिहास पनि हो । "/>

विश्वकप विशेष : १४ औं पटकको प्रयासपछि विश्वकपको पहिलो यात्रामा आइसल्यान्ड

विश्वकप विशेष : १४ औं पटकको प्रयासपछि विश्वकपको पहिलो यात्रामा आइसल्यान्ड

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप खेल्ने आइसल्यान्ड इतिहासकै सानो राष्ट्र हो । आइसल्यान्डका लागि यो विश्वकप नयाँ अनुभव हो भने विश्वकपको पानामा इतिहास पनि हो । पहिलोपटक विश्वकपमा छनोट भएकाले उसका लागि विश्वकप सपनाको यात्रा पनि हो । उसले अहिले सम्म १३ पटक सम्म छनोट खेल खेल्यो । तर आइसल्यान्ड १४ औं प्रयासमा पहिलोपटक विश्वकपमा स्थान बनाउन सफल भएको हो । उसले युरोपियन क्षेत्रको समूह ‘आई’ को विजेताका रूपमा विश्वकपमा स्थान बनाएको छ ।

आइसल्यान्ड ठूला देशलाई चुनौती दिन सक्ने टोलीका रूपमा उभिएको छ । आइसल्यान्डले आफूलाई कम आँक्नेलाई गतिलो जवाफ दिएको दुई वर्ष भयो तर सम्झना अझै पनि ताजै छ । दुई वर्ष अघि भएको युरोकप फुटबलमा इंग्ल्यान्डलाई हराएर सनसनी मच्चाएको आइसल्यान्डले रसिया विश्वकपमा पनि यस्तै सनसनीपूर्ण नतिजा निकाल्नेमा कुनै शंका छैन ।

युरोकपमा सनसनीपूर्ण प्रदर्शन गरेको आइसल्यान्डले अप्रत्यासित रूपमै विश्वकपमा छनोट भएर अर्को उपलब्धि हासिल गरेको छ । आइसल्यान्डको टिमवर्क र बलियो एकताले विश्वकपका खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । युरोकपमा कमाल गरेका धेरै खेलाडी अहिले विश्वकपका लागि घोषणा भएको टिममा छन् । आइसल्यान्डको टिममा गिल्फी सिगुडर्सन सबैभन्दा नाम चलेका ठूला स्टार हुन् । उनीसँगै अल्बर्ट गुड्मुन्डसन, जोहान बेर्ग गुड्मुन्ड्सन, राग्नर सिगुडर्सन, एमिल हाल्फ्रेड्सन र रुरिक गिस्लासन जस्ता खेलाडीहरूको साथ छ । यो टिमले विश्वकप खेल्ने सबै टिमलाई उत्तिकै चुनौती दिने क्षमता राख्छ ।

यहाँ सम्झनु पर्ने कुरा के छ भने इटाली र नेदरल्याण्ड जस्ता दाबेदार राष्ट्रहरु विश्वकपमा छनौट नहुँदा नयाँ टिम आइसल्यान्ड इतिहासकै रोचक टिमको रुपमा रहने पक्का छ ।
राजधानीबाट

Logo