काठमाडौं

विश्वकप फुटबलको तेस्रो संस्करण फ्रान्समा सन् १९३८ मा भएको थियो । जतिबेला युरोपियन राष्ट्रहरू वीच विश्वयुद्ध हुने अवस्थाको पनि निश्चित जस्तै भएको थियो । "/>

विश्वकप विशेषः विश्वयुद्ध र विश्वकप सँगसँगै !

विश्वकप विशेषः विश्वयुद्ध र विश्वकप सँगसँगै !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्वकप फुटबलको तेस्रो संस्करण फ्रान्समा सन् १९३८ मा भएको थियो । जतिबेला युरोपियन राष्ट्रहरू वीच विश्वयुद्ध हुने अवस्थाको पनि निश्चित जस्तै भएको थियो । जसोतसो प्रतियोगिता त सम्पन्न भयो । तर यो विश्वकपलाई इतिहासमै सबैभन्दा असफलको रूपमा लिइएको छ ।

त्यति नै बेला स्पेनमा गृहयुद्ध चलिरहेको थियो । यसैले स्पेनले प्रतियोगितामा भाग लिएन । जर्मनीले अस्ट्रिया माथि हमला गर्दा अस्ट्रिया पनि भाग लिनबाट वञ्चित थियो । उता इटालीले हालको इथियोपिया तत्कालिन एबिसिनिया माथि हमला गरेको थियो ।

त्रासैत्रासमा भएको यो विश्वकपमा १६ टोलीले सहभागिता जनाएका थिए । जसमा १३ टोली युरोपबाट थिए भने तीन राष्ट्र युरोप बाहिरका थिए । ती तीन मध्ये ब्राजिल अलि नाम चलेको राष्ट्र थियो । अर्जेन्टिनाले धाँधली गरेर फ्रान्सलाई आयोजक बनाएको भन्दै यो विश्वकपमा सहभागिता जनाएको थिएन ।

फिफाले उरुग्वेलाई पनि भाग लिन आग्रह गरेको थियो । तर उसले पनि भाग लिन अस्विकार गरेको थियो । दक्षिण अमेरिकीका ब्राजिल बाहेक सबै राष्ट्रले युरोपलाई लगातार आयोजक बनाएको भन्दै प्रतियोगिता बहिष्कार गरेका थिए । सन् १९३४ मा इटालीमा विश्वकप आयोजना भएको थियो ।

युरोपका तानाशाही शासकका रूपमा चित्रित गरिएका हिटलर र बेनिटो मुसोलीनीको शासनमा भएको विश्वकपका विजेता इटाली भएको थियो । इटालीले फाइनलमा उपाधि दावेदारी हंगेरीलाई ४–२ ले हराएर लगातार विश्वकप उपाधि जित्ने टोली बनेको थियो । दुई वर्ष अघि ओलम्पिकमा पनि फुटबल उपाधि जितेकोले इटाली त्यतिबेला सबैभन्दा उत्कृष्ट टोलीका रूपमा रहेको थियो ।

 

Logo