काठमाडौं

विश्व फुटबलको कुम्भ मेला नजिकिँदै गर्दा फुटबल पण्डित, विश्लेषक र आआफ्ना समर्थकले आआफ्नो टिमले विश्वकप जित्ने अनुमान लगाइरहेका छन् । "/>

विश्वकप विशेष : पोर्चुगलको आशा क्रिस्टियानो रोनाल्डो मै

विश्वकप विशेष : पोर्चुगलको आशा क्रिस्टियानो रोनाल्डो मै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विश्व फुटबलको कुम्भ मेला नजिकिँदै गर्दा फुटबल पण्डित, विश्लेषक र आआफ्ना समर्थकले आआफ्नो टिमले विश्वकप जित्ने अनुमान लगाइरहेका छन् । ब्राजिल, जर्मनी, स्पेन र अर्जेन्टिनालाई हरेक विश्वकपमा उपाधिको दाबेदारका रूपमा लिइन्छ । २० औं संस्करणको विश्वकप सम्म १२ पटक विश्व विजेताको ताज पहिरिनुले पनि स्वभाविक रूपमा रसिया विश्वकपमा यी चार टिमले उपाधि जित्ने अनुमान गर्नुमा कुनै अन्याय हुने छैन ।

चारपटक विश्वकप जितिसकेको इटालीले यो विश्वकपमा भने स्थान बनाउन सकेन । त्यसैले रसिया विश्वकप पनि यही चार टिमबीच घुम्ने अनुमान गरिएको छ । तर सधैं सोचे जस्तो हुँदैन । कहिलेकाहीँ अप्रत्याशित टिमले विश्वकपको ट्रफी उचालेका घटना धेरै छन् । यस्तै अन्डर डगका रूपमा रहनेछ युरोकप विजेता पोर्चुगल । यस शताब्दीको सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो सम्मिलित पोर्चुगलले सन् २०१६ मा फ्रान्समा भएको युरोकपमा अप्रत्याशित रूपमा उपाधि जित्न सफल भएको थियो । सोही प्रदर्शनलाई निरन्तरता दिने लक्ष्यमा पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोष रहनेछन् ।

पाका र युवा खेलाडीको समिश्रण रहेको पोर्चुगलको टिम सन् २०१६ को युरोकपमा भन्दा राम्रो बन्दै गइरहेको प्रशिक्षक सान्तोषले बताएका छन् । उनको भनाइलाई आधार मान्ने हो भने पोर्चुगल अन्डर डगका रूपमा विश्वकप विजेता बन्न सक्छ । सन् १९६६ मा पहिलोपटक विश्वकपमा प्रवेश पाएको पोर्चुगलले पहिलो सहभागितामै सनसनीपूर्ण नतिजा निकालेको थियो । त्यतिबेला पोर्चुगलले सोभियत संघलाई पराजित गरेर तेस्रो स्थान हात पारेको थियो । त्यसपछि भने पोर्चुगलले २० वर्षसम्म निरन्तर संघर्ष गरे पनि विश्वकपमा स्थान बनाउन सकेन । भनिन्छ नि, २० वर्षमा खोलो पनि फर्किन्छ, पोर्चुगलको हकमा पनि त्यस्तै भयो २० वर्षपछि विश्वकपमा स्थान बनाएर । तर उक्त विश्वकपमा पोर्चुगलले समूह चरण नै पार गर्न सकेन । त्यसपछि पोर्चुगलले अर्को विश्वकप खेल्न १६ वर्षको समय कुर्नुप¥यो ।

सन् २००२ मा दक्षिण एसियाली भूमि जापान र दक्षिण कोरियामा भएको विश्वकपमा पनि पोर्चुगलले समूह चरण पार गर्न सकेन । तर त्यसको चार वर्षपछि भने पोर्चुगलले जर्मनीमा भएको विश्वकपमा सेमिफाइनलमा स्थान बनाउँदै विश्व फुटबलमा आफ्नो छाप छोड्न सफल भयो ।

यसपटक पोर्चुगलको टिममा युरोकप जितेका १३ खेलाडी सम्मिलित छन् । टोलीमा रहेका सबै खेलाडी पोर्चुगल फुटबलको इतिहासको पानालाई स्वर्णिम बनाउन सक्षम छन् । फुटबलको सबै खाले प्रतियोगिता जितिसकेका सुपरस्टार रोनाल्डोले जित्न बाँकी भने विश्वकप मात्रै हो । ३३ वर्ष लागेका रोनाल्डोको सम्भवतः यो नै अन्तिम विश्वकप हुनेछ । रसिया विश्वकप जित्न सके रोनाल्डो यस शताब्दीको सर्वकालीन खेलाडी बन्ने पक्का छ । रोनाल्डोले विश्वकपमा पनि जुझारु प्रदर्शन गरे र अन्य खेलाडीले पनि साथ दिए फ्रान्समा युरोकप जिते जस्तै रसियामा विश्वकप जिते कुनै अचम्म मान्नुपर्ने छैन ।

पोर्चुगलले स्पेनविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ । दोस्रो खेलमा मोरक्को र समूह चरणको अन्तिम खेलमा पोर्चुगलले इरानसँग प्रतिस्पर्धा गर्नेछ । यो समूहबाट पोर्चुगल र स्पेन अघिल्लो चरण पुग्ने अनुमान गरिएको छ ।
राजधानीबाट

Logo