टोकियो

जापान फिफा विश्वकप फुटबलमा लगातार छैटौं पटक सहभागी हुँदैछ । अहिलेसम्म प्रिक्वार्टरफाइनल भन्दा माथि उक्लन नसकेको जापानले रुस विश्वकपमा भने त्यो भन्दा माथिको लक्ष्य लिएको छ । "/>

विश्वकप विशेषः यसपालि कस्तो रहला जापानको प्रर्दशन ?

विश्वकप विशेषः यसपालि कस्तो रहला जापानको प्रर्दशन ?

केन्द्रबिन्दु
0
Shares

टोकियो

जापान फिफा विश्वकप फुटबलमा लगातार छैटौं पटक सहभागी हुँदैछ । अहिलेसम्म प्रिक्वार्टरफाइनल भन्दा माथि उक्लन नसकेको जापानले रुस विश्वकपमा भने त्यो भन्दा माथिको लक्ष्य लिएको छ । त्यसका लागि जापानले आफ्ना पुरानै स्टार खेलाडी माथि विश्वास गरेको छ । जापानले रुस विश्वकपका लागि यसै साता घोषिणा गरेको अन्तिम २३ खेलाडीको सूचीमा पुरानै खेलाडीको बाहुल्य छ । को को छन् त टिममा :

गोलरक्षकः इजी कावासिमा (मेट्ज), मासाकी हिगासीगुची (गाम्बा ओसाका) र कोसुके नाकामुरा (कासिवा रेसोल) ।

रक्षकः युतो नागातोमो (गालातसारे), तोमोएकी माकिनो (उरावा रेड डायमन्ड्स), वातारु इन्दो (उरावा रेड डायमन्ड्स), माया योसिदा (साउथह्याम्पटन), हिरोकी साकाई (मार्सेइली), गोतोकु साकाई (हाम्बर्ग), जेन सोजी (कासिमा एन्टलर्स) र नाओमिची वेदा (कासिमा एन्टलर्स) ।

मिडफिल्डरः माकोतो हासेबे (एइन्ट्रान्च्ट), केइसुके होन्डा (पाचुका), ताकासी इनुई (इबर), सिन्जी कागावा (बोरुसिया डर्टमुन्ड), होतारु यामागुची (सेरेजो ओसाका), गेन्की हारागुची (फोर्चुना डुसेल्डोर्फ), ताकासी उसामी (फोर्चुना डुसेल्डोर्फ), गाकु सिबासाकी (गेटाफे) र र्‍योता ओसिमा (कावासाकी फ्रोनटेल) ।

स्ट्राइकरः सिन्जी ओकाजाकी (लेस्टर सिटी), युया ओसाका (वेर्डर ब्रेमेन) र योसिनोरी मुतो (मेइन्ज) ।

प्रशिक्षकः अकिरा निसिनो ।

जापानको खेल

समूह ‘एच’

जुन १९ः कोलम्बिया विरुद्ध

जुन २४ः सेनेगल विरुद्ध

जुन २८ः पोल्यान्ड विरुद्ध

जापान

विश्वकप सहभागिता : छैटौंपटक

उपाधिः छैन

फिफा वरीयता : ६०

अन्नपूर्णबाट

Logo