काठमाडौँ

आगामी जुन १४ देखि रुसमा २१ औं विश्वकप फुटबल आयोजना हुँदैछ । सन् १९३० मा उरुग्वेमा सम्पन्न पहिलो विश्वकप देखि सन् २०१४ मा ब्राजिलमा सम्पन्न २० औं विश्वकप सम्म दुई हजार तीन सय भन्दा बढी गोल भएका छन् । "/>

विश्वकपमा हाल सम्म कुन खेलाडीबाट कति गोल ?

विश्वकपमा हाल सम्म कुन खेलाडीबाट कति गोल ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

आगामी जुन १४ देखि रुसमा २१ औं विश्वकप फुटबल आयोजना हुँदैछ । सन् १९३० मा उरुग्वेमा सम्पन्न पहिलो विश्वकप देखि सन् २०१४ मा ब्राजिलमा सम्पन्न २० औं विश्वकप सम्म दुई हजार तीन सय भन्दा बढी गोल भएका छन् । विश्वकपको इतिहासमा पहिलो गोल सन् १९३० मा फ्रान्सका लुसियन लाउरेन्टले गरेका थिए भने २० औं संस्करण सम्म पुग्दा एक हजार दुई सय भन्दा बढी खेलाडीले गोल गरिसकेका छन् ।

विश्वकपमा हालसम्म ९० जना खेलाडीले पाँच वा सो भन्दा बढी गोल गरेका छन् । विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी भने जर्मनीका मिरोस्लाभ क्लोस हुन् । चारवटा विश्वकपमा २४ खेल खेलेका क्लोसले १६ गोल गरेका छन् । दोस्रो स्थानमा रहेका ब्राजिलियन खेलाडी रोनाल्डोले १५ गोल गरेका छन् । उनले सन् १९९४ देखि सन् २००६ सम्म चारवटा विश्वकपमा १९ खेल खेलेका थिए ।

यसैगरी पश्चिम जर्मनीका गर्ड मुल्लरले दुईवटा विश्वकपमा १३ खेल खेलेर १४ र फ्रान्सका जस्ट फोन्टेनले सन् १९५८ को एउटै विश्वकपमा ६ खेल खेलेर १३ गोल गरेका थिए । ब्राजिलका पेलेले भने सन् १९५८ देखि सन् १९७० सम्म चारवटा विश्वकपमा १४ खेल खेलेर १२ गोल गरेका थिए । जस्ट फोन्टेन विश्वकप फुटबलको इतिहासमा एउटै खेलाडी सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन् ।

एउटै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा हंगेरीका स्यान्ड्रो कोसिस दोस्रो स्थानमा छन् । उनले सन् १९५४ मा भएको विश्वकपमा पाँच खेल खेल्दे ११ गोल गरेका थिए । 

Logo