रियल मड्रिडले बनायो नयाँ कीर्तिमान

रियल मड्रिडले बनायो नयाँ कीर्तिमान

केन्द्रबिन्दु
0
Shares

च्याम्पियन्स लिगको इतिहासमा लगातार तेस्रो सिजन उपाधि जितेर रियल मड्रिडले नयाँ कीर्तिमान बनाएको छ । युक्रेनको राजधानी किएभमा भएको फाइनलमा लिभरपुललाई ३–१ ले हराउँदै स्पेनिस क्लब रियल मड्रिडले उपाधि उचालेको हो ।

पहिलो हाफसम्म दुवैले गोल गर्न सकेनन् भने ५१ औं मिनेटमा रियलका करिम बेन्जिमाले खाता खोलेका थिए । रियलका ग्यारेथ बेलले दुई तथा करिम बेन्जिमाले एक गोल गरेका थिए भने लिभरपुलका लागि साडिओ मानेले ५५ औं मिनेटमा गोल फर्काएर केहीवेर खेललाई बराबरीमा राख्न सफल भएका थिए । तर ६४ र ८३ मिनेटमा थप दुई गोल गरेर रियलले इतिहास रचेको थियो ।

क्रिष्टियानो रोनाल्डो पाँच पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् । उनले यो सिजनमा १५ गोल गरेर सर्वाधिक गालकर्ताको रुपमा पनि आफ्नै नाम दर्ज गरेका छन् । त्यसैगरी प्रशिक्षक जिनेदिन जिदान क्लबको प्रशिक्षक भएर आएपछि रियलले हारको सामना गर्नुपरेको छैन ।

 

 

 

Logo