काठमाडौं

स्पेनले विश्वकपसहित लगातार तीन वटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि हात पार्दाका महत्वपूर्ण खेलाडी सर्जियो रामोसको छवि अहिले पनि उस्तै छ । "/>

स्पेनका विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी सर्जियो रामोस

स्पेनका विश्वकपमा प्रभाव पार्न सक्ने खेलाडी सर्जियो रामोस

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

स्पेनले विश्वकपसहित लगातार तीन वटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि हात पार्दाका महत्वपूर्ण खेलाडी सर्जियो रामोसको छवि अहिले पनि उस्तै छ । उनी स्पेनले पाएको पछिल्लो पुस्ताका उत्कृष्ट खेलाडी हुन् । स्पेनले सन् २००८ देखि सन् २०१२ को अवधिमा दुईवटा युरोपियन च्याम्पियनसिप र एउटा विश्वकप उपाधि जित्दा रामोस निकै चम्किएका थिए । स्पेनिस राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने सूचीमा दोस्रो स्थानमा रहेका रामोस यस्ता खेलाडी हुन्, जो रक्षापंक्तिबाट अघि बढ्दै गोल गर्न सफल हुन्छन् ।

हालसम्म स्पेनिस राष्ट्रिय टोलीबाट एक सय ५१ खेल खेलेका ३२ वर्षीय रामोसले १३ गोल गरेका छन् । सधैं फिट र आफ्नो खेलमा केन्द्रित रहने रामोस विपक्षी खेलाडीलाई डीबक्स बाहिरै रोक्न मात्रै होइन, सही ठाउँमा कुरेर हेडिङ गोल गर्न पनि उत्तिकै माहिर छन् ।

यही गुण र क्षमताले गर्दा नै रामोस क्लब फुटबल र राष्ट्रिय टोलीमा पनि लामो समय देखि पहिलो रोजाइमै पर्दै आएका छन् । आफ्नो खेलले मात्रै होइन, टोलीलाई मैदानमा सही नेतृत्व दिन सक्ने क्षमताले पनि रामोस प्रशिक्षकहरूको पहिलो रोजाइमा पर्ने गरेका छन् ।

उनी सेन्टर वा राइट डिफेन्स दुवै पोजिसनमा खेल्न माहिर छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक सफल मध्येको एक क्लब रियल म्याड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका रामोस क्लबसँगै स्पेनी राष्ट्रिय टोलीका पनि कप्तान हुन् । सन् २०१६ को युरो कपमा इकेर कासियास टोलीमा नपरेपछि स्पेनिस टोलीको नेतृत्व गर्ने जिम्मा रामोसले पाएका थिए । त्यसयता टोलीको नियमित कप्तानका रूपमा रहँदै आएका रामोसले रुस विश्वकपमा समेत स्पेनलाई उपाधिसम्म डोहोर्‍याउन कप्तान र रक्षकको हैसियतमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।
अन्नपूर्णबाट

Logo