फुटबल क्लबहरुले दिए यस्तो चेतावनी

फुटबल क्लबहरुले दिए यस्तो चेतावनी

केन्द्रबिन्दु
0
Shares

फुटबल क्लबहरुले एन्फाको बिधान अनुसार समयमा निर्वाचन गर्नु पर्ने र फुटबल लिग तुरुन्त संचालन गर्नु पर्ने माग राखेका छन् ।

बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा पत्रकार सम्मेलन गर्दै अखिल नेपाल फुटबल संघको वर्गीकरणमा परेका ए, बी, सी डिभिजन क्लवका साथै मोफसलका क्लवहरुले बिधानअनुसार एन्फाको निर्वाचन समयमै गर्न र लिग सञ्चालन हुने ग्यारेन्टी गर्न माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा फुटबल क्लव समन्वय समितिले समयमा एन्फाको निर्वाचन हुन नसक्ने र फुटबल लिग समेत ३ वर्षदेखि गराउन नसक्ने भन्दै एन्फा नेतृत्व को आलोचना गरेको छ ।

अन्तर क्लव समन्वय समितिका संयोजक तथा जावलाखेल युथ क्लवका अध्यक्ष ठूलोभाइ केसीले विधान अनुसार एन्फाको यो कार्य समितिको आयु बैशाख ७ गते सकिने भएकाले त्यसअगावै निर्वाचन सम्पन्न नभए बैधानिकता गुम्ने भन्दै समयमा चुनाव लिगको मिति घोषणा गर्न माग गर्नु भयो ।

पत्रकार सम्मेलनमा सहभागी भएका क्लबहरुले निर्बाचन गरि डिभिजन स्तरिय फुटबल लिगको मिति घोसणा नगरिए आन्दोलन नै गर्नु पर्ने भन्दै अखिल नेपाल फुटबल संघलाई दबाब दिदै आएका छन् ।

समयमा फुटबल लिग नहुदा आर्थिक व्ययभार बढेको कतिपय क्लबमा आर्थिक अभाव हुन थालेको छ । तीन वर्षदेखि लिग नहुँदा खेलाडीलाई दिनुपर्ने पारिश्रमिक, प्रायोजककको दवाव आदि थेग्न नसक्ने अवस्थामा पुगेको क्लवहरुले बताउदै आएका छन् ।

Logo