काठमाडौँ
जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा सोमबार नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । "/>

नेपालका लागि हङकङसँगको आजको खेल गर या मरको अवस्थामा

नेपालका लागि हङकङसँगको आजको खेल गर या मरको अवस्थामा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
जिम्बावेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा सोमबार नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । समूहगत चरणका अघिल्ला तीन खेलमा लगातार हार खेपेको नेपालसँग सुपर सिक्स चरणमा पुगेर अन्तिम चरणको विश्वकप छनोटमा स्थान पक्का गर्न हङकङलाई ठूलो अन्तरले हराउनुको विकल्प छैन । हङकङसँग पराजित भएमा नेपालको विश्वकप छनोट यात्रामा पूर्णविराम लाग्नेछ ।

समूहगत चरणको तेस्रो खेलमा शनिबार अफगानिस्तानसँग ६ विकेटले पराजित भएपछि नेपालको विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यता पाउने लक्ष्य कठिन बनेको थियो । यद्यपि अगाडि बढ्ने झिनो गणितीय सम्भावना बोकेको नेपालका लागि हङकङ विरुद्धको खेल गर या मरको अवस्थामा छ । नेपाल समूहको पहिलो खेलमा जिम्बावेसँग एक सय १६ रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डसँग चार विकेटले हारेको थियो ।

समह ‘बी’ मा रहेको नेपालले हालसम्म कुनै पनि अंक जोड्न सकेको छैन । यो समूहबाट स्कटल्यान्ड (६ अंक) र जिम्बावे (६ अंक) भने लगातार तीन÷तीन खेल जित्दै सुपर सिक्स चरणमा पुगिसकेका छन् । एउटा समूहबाट तीन वटा टोली सुपर सिक्समा पुग्ने भएकाले नेपाल र हङकङक बीचको खेलले समूह ‘बी’ बाट अगाडि बढ्ने तेस्रो टोलीको टुंगो लगाउनेछ । समूहमा चारवटै खेल सकेको अफगानिस्तानको दुई अंक छ । एक खेल खेल्न बाँकी हङकङको पनि दुई अंक छ । रन रेटमा भने हङकङ भन्दा अफगानिस्तान अगाडि छ ।
अन्नपूर्णबाट

Logo