नेपाल अफगानिस्तानसंग ६ विकेटले पराजित

नेपाल अफगानिस्तानसंग ६ विकेटले पराजित

केन्द्रबिन्दु
0
Shares

वल्र्डकप क्वालिफायर राउण्ड अन्तर्गत नेपाल र अफगानिस्तान विच आज शनिवार भएको खेलामा नेपाल अफगानिस्तानसंग ६ विकेटले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर १ सय ९४ रन बनाउन सकेको थियो । प्रतिउत्तरमा ब्याटिङ गर्न मैदानमा आएको अफगानिस्तानले ३८ दशमलब ४ ओभरमा ४ विकेटको क्षतिको सामना गर्दै विजय हात पारेको थियो ।

पहिलो ब्याटिङ गर्न उत्रिएको नेपालको तर्फवाट १३ रन बनाउने क्रममा पहिलो विकेट गएको थियो । आज भएको खेलमा नेपालको तर्फवाट कप्तान पारस खड्काले ८८ बलको सामना गर्दै ७५ रन बनाएका थिए भने दिपेन्द्रसिंह ऐरीले ३२, ज्ञानेन्द्र मल्ल र आरिफ सेखले २३/२३ रन बनाएका थिए । बलिङ तर्फ पनि दिपेन्द्रसिंह ऐरीले अफगानिस्तानको २ विकेट लिए भने संदिप लामिछाने र करन केसीले १/१ विकेट लिएका थिए ।

आज नेपालको पराजयले नेपालको स्थितीलाई झनै कमजोर बनाएको छ ।

Logo