वर्ल्डकप क्वालिफायर: नेपालको ५० रन पूरा, पारसको ४ चौका र एक छक्का

वर्ल्डकप क्वालिफायर: नेपालको ५० रन पूरा, पारसको ४ चौका र एक छक्का

केन्द्रबिन्दु
0
Shares

विश्वकप छनोट अन्तर्गत अफगानिस्तानविरुद्ध खेलिरहेको नेपालले ५० रन पूरा गरेको छ। १४ ओभरमा १ विकेट गुमाएर नेपालले ५० रन पूरा गरेको हो।

कप्तान पारस खड्का ३० रन बनाएर खेलिरहेका छन् भने ज्ञानेन्द्र मल्ले १२ रन बनाएर उनलाई साथ दिइरहेका छन्। पारसले ४ चौका र १ छक्का प्रहार गरेका छन् । त्यसअघि नेपालले अनिलकुमार साहलाई ७ रनमा गुमाएको थियो। 

नेपालले अफगानिस्तान सँगको खेलमा दुईवटा परिबर्तन गरेको छ । ओपनर दिलिप नाथको स्थानमा अनिल साहले ओपनिङ र अलराउण्डर शरद भेसावकर आज प्लेइङ ११ मा परेका छैनन् । उनको ठाउँमा तिब्र गतिका बलर करण केसीले टिममा स्थान बनाएका छन् । 

बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा खेलमा दुवै देशलाई जित्नैपर्ने दवाव छ । किनकी नेपाल यस अघि दुइ खेल पराजित भएका छन् भने अफगानिस्तानले तीन खेलमा हार व्यहोरीसकेका छन् । नेपाललाई आजको खेल जित्दै सुपरसिक्सको सम्भावना कायमै राख्नुपर्ने चुनौती छ ।

नेपाल र अफगानिस्तान ५० ओभरको खेलमा अहिलेसम्म ७ पटक खेलेका छन् । जसमा नेपाल एकपटक मात्र विजयी भएको छ । सन् २००४ को एसीसी ट्रफीमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा आएको अफगानिस्तानलाई नेपालले ४७ रनले पराजित गरेको थियो । त्यसयताका ६ भेटमा नेपालले अफगानिस्तानलाई हराउन सकेको छैन ।

सन् २००६ को एसीसी ट्रफीमा ६४ रनले हारेको नेपालले २००८ को सोही प्रतियोगितामा ३ विकेटले पराजित भएको थियो । २००८ कै विश्व क्रिकेट लिग डिभिजन फाइभमा पनि नेपाल अफगानिस्तानसँग ३७ रनले पराजित भएको थियो । त्यस्तै सन् २०१० को एसीसी एलिट ट्रफीमा ९५ रन, २०१३ को इमर्जिङ टिम्स कपमा ३ रन र २०१४ को एसीसी प्रिमियर लिगमा १०४ रनले नेपाल पराजित भएको थियो । त्यसयता एकदिवशीय हुँदै टेष्ट मान्यता पाएको अफगानिस्तान र नेपाल एकदिवशीयमा अहिलेसम्म खेलेका थिएनन् । 

नेपालकाे प्लेइङ ११

ज्ञानेन्द्र मल्ल, अनिल साह, (विकेट किपर), पारस खड्का (कप्तान), दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, बसन्त रेग्मी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी ।

Logo