लगातार दुई हारपछि के भन्छन् पारस ?

लगातार दुई हारपछि के भन्छन् पारस ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बिश्वकप छनौटको खेलमा नेपालले लगातार हार व्यहोरिरहेको छ । पहिलो पटक जिम्बाबेसँग पराजित नेपालले बिहिबार स्कटल्याण्डसँग भएको खेलमा पनि हार व्यहोरेका छन् । 

घरेलु टोली जिम्बावेसँग ११६ रनले पराजित भएको नेपाल दोस्रो खेलमा स्कटल्याण्ड्सँग ४ विकेटले हार्न पुगे  । समूह बी मा नेपालले अब अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । तर पनि सुपर सिक्स हुँदै वान डे मान्यता पाउने सम्भावन सकिएको भने छैन । तर त्यसका लागि अब बाँकी दुवै खेल जित्नैपर्ने दबाब छ।

स्कटल्याण्डसंगको खेलमा १० चौका प्रहार गरेका नेपाली कप्तान पारस खड्काले सुपर सिक्स सम्भावना कायमै रहेको प्रतिक्रिया दिएका छन् । ‘हाम्रो लागि सुपर सिक्स अझै खुल्ला छ।’ खड्काले भने । अब नेपाल प्रतिस्पर्धी अफगानिस्तानले रफ खेलिरहेको बताउदै खड्काले नेपालले जित्ने सम्भावना प्रबल रहेको औल्याएका छन् । अब बाँकी खेल निकै महत्वपूर्ण रहने भन्दै उनले आफ्नो तर्फबाट सक्दो प्रयास गरिने बताए ।

Logo