काठमाडौँ

जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल बिहीबार (आज) स्कटल्याण्डसँग खेल्नेछ । "/>

विश्वकप क्रिकेट छनोट : आज नेपाल र स्कटल्याण्डको प्रतिश्पर्धा

विश्वकप क्रिकेट छनोट : आज नेपाल र स्कटल्याण्डको प्रतिश्पर्धा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल बिहीबार (आज) स्कटल्याण्डसँग खेल्नेछ । जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा उक्त खेल हुनेछ । नेपाल भन्दा स्कटल्याण्ड बलियो टोली मानिन्छ । नेपालले अहिले सम्म स्कटल्याण्डलाई पराजित गर्न सकेको छैन ।

चार वर्ष अघि न्यूजिल्याण्डमा भएको विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो भने विश्वकप क्रिकेट लिगको दुवै खेलमा पनि नेपाल पराजित भएको थियो । फागुन २० गते भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । प्रतियोगितामा दुई खेल खेलेको स्कटल्याण्डले दुवैमा जित हासिल गरेको थियो । स्कटल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई सात विकेटले तथा दोस्रो खेलमा हङकङलाई चार विकेटले हराएको थियो । नेपाल सुपरसिक्समा पुग्नै पर्ने दबाबमा छ । पहिलो खेलमा हार बेहोरेको नेपालले बाँकी तीन खेल मध्ये दुई खेलमा जितका साथै राम्रो नतिजा ल्याउन आवश्यक छ ।

समूह  ‘बी’ मा रहेको नेपालले स्कटल्याण्डसँगै अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । चार अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा छ भने समान चार अंक नै जोडेको जिम्बावे रनरेटको आधारमा दोस्रो स्थानमा छ । दुई खेल खेलेको अफगानिस्तान अंकविहीन रहँदै तेस्रो स्थानमा छ भने समान एक/एक खेल खेलेका हङकङ र नेपाल क्रमशः चौथो र पाँचौँ स्थानमा छन् । दुवै टोली अंक विहीन छन् । रासस

Logo