काठमाडौं
पछिल्लो समय नेपाली क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को समूह चरणका पछिल्ला २ खेलमा सनसनीपूर्ण नजिता निकाल्दै नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छानियो । "/>

नेपाल भर्सेस जिम्बावेः भोलीको खेल, कसले मार्ला बाजी ?

नेपाल भर्सेस जिम्बावेः भोलीको खेल, कसले मार्ला बाजी ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
पछिल्लो समय नेपाली क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को समूह चरणका पछिल्ला २ खेलमा सनसनीपूर्ण नजिता निकाल्दै नेपाल आइसिसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छानियो ।

डिभिजन–२ सकिएको तीन सातापछि विश्वकप छनोटको पहिलो खेलमा नेपालले आइतबार घरेलु टिम जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले जिम्बावेको सिनियर टिमसँग एकदिवसीय खेलमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। अर्कोतर्फ नेपालका लागि भोलि जिम्बावेमा पहिलो अौपचारिक खेल हुनेछ ।

प्रतियोगिता अघि भएको वार्मअप खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको थियो । वर्षाले प्रभावित खेल २९ ओभरमा घटाइएको थियो । पहिले ब्याटिङ गरेको युएईलाई १ सय ७१ रनमा रोक्ने क्रममा नेपालका लागि तीब्र गतिका बलर ललित भण्डारीले ४ विकेट लिँदा करण केसीले ३ र ललित राजवंशीले २ विकेट हात पारेका थिए । खेलमा नेपालले पहिलो रोजाइका स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीलाई आराम दिएको थियो ।

 

Logo