उत्तर कोरियाका चियर लिडर्स संझना भुलाउने ट्रेनिङमा

उत्तर कोरियाका चियर लिडर्स संझना भुलाउने ट्रेनिङमा

केन्द्रबिन्दु
0
Shares

हालै दक्षिण कोरियाको प्योङचाङमा आयोजना भएको हिउँदे ओलम्पिक प्रतियोगितामा उत्तर कोरियाले आफ्ना खेलाडीहरुलाई पठाएर राजनीतिक सम्बन्ध सुधारको प्रयास गरेको थियो ।

उत्तर कोरियाको तानाशाह सरकारले ओलम्पिकको मौका पारेर आफ्नो प्रभावलाई विश्वभर देखाउन चियर लिडर्सहरुलाई परिचालन गरेको थियो । यदी खेलाडीहरुले जितेर देशको शान फैलाउन नसकेपनि चियस लिडर्सहरुको कलात्मक नृत्यले मन जितोस् भन्ने चाहना थियो । नभन्दै हिउँदे ओलम्पिकमा उत्तर कोरियाका चियर लिडर्सहरुको नृत्यले विश्वलाई नै मोहित पार्यो ।

ओलम्पिक प्रतियोगितापछि सबै खेलाडी र पदाधिकारीहरु आ–आफ्नो देश फर्किसकेका छन् भने उत्तर कोरियाली टिम पनि फर्किएको छ । अहिले उत्तर कोरियाको सरकारले दक्षिण कोरियावाट आएका आफ्ना चियर लिडर्सहरुलाई दक्षिण कोरियाको भ्रमणलाई बिर्सने खालको अभ्यास दिन लागेको समाचार प्रकाशित भएको छ ।

उत्तर कोरियाको सरकारले उनीहरुको मस्तिष्कवाट दक्षिण कोरियाको भब्यता, त्यहाको जिवन शैली जस्ता देखेका कुराहरुलाई भुलाउन बिशेष किसिमको ट्रेनिङ दिन थालेको जनाइएको छ । यो ट्रेनिङ सकिएपछि उनीहरु पहिलाकै अवस्थामा आएपछि आ–आफ्नो घर पठाउने जनाइएको छ । उत्तर कोरियाले यसपटक करिव २ सय २९ चियस लिडर्सलाई दक्षिण कोरिया पठाएको थियो । उत्तर कोरियाली सरकारले उनीहरुलाई चार तारे होटेलमा राखेका थिए । जसको कारण प्रति चियस लिडर्स ६ लाख रुपैंया खर्च गरेको थियो ।

Logo