काठमाडौँ
जिम्बाबेमा आयोजना हुने आर्इसिसी विश्वकप छनोट क्रिकेटको ट्रफी सार्वजनिक भएको छ । १ मार्चबाट सुरु हुने विश्वकप छनोटको ट्रफी गए राति सार्वजनिक गरिएको हो । "/>

विश्वकप छनोटको ट्रफी सार्वजनिक, नेपालले आज यूएईसँग पहिलो अभ्यास खेल खेल्ने

विश्वकप छनोटको ट्रफी सार्वजनिक, नेपालले आज यूएईसँग पहिलो अभ्यास खेल खेल्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
जिम्बाबेमा आयोजना हुने आर्इसिसी विश्वकप छनोट क्रिकेटको ट्रफी सार्वजनिक भएको छ । १ मार्चबाट सुरु हुने विश्वकप छनोटको ट्रफी गए राति सार्वजनिक गरिएको हो । हरारेमा आयोजित एक विशेष समारोहका बीच जिम्बाबेका राष्ट्रपति इर्मसन माङ्गाग्वाले ट्रफी सार्वजनिक गरे ।

ट्रफी सार्वजनिक कार्यक्रममा छनोटमा सहभागी १० राष्ट्रका कप्तानको सहभागिता थियो । नेपालका कप्तान पारस खड्का ट्रफी सार्वजनिक कार्यक्रममा उपस्थित थिए । छनोटमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बाबेसँगै, अफगानिस्तान, स्कटल्यान्ड र हङकङ जस्ता बलियो टोली रहेका छन् ।

नेपालले प्रतियोगिताको सुरुवात गर्नु अघि दुई अभ्यास खेल खेल्दैछ । नेपालले आज पहिलो अभ्यास खेल युएईसँग खेल्दैछ भने हङकङसँग १ मार्चमा अभ्यास खेल खेल्नेछ । नेपालले ४ मार्चमा जिम्बाबेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेलमा स्कटल्यान्डसँग ८ मार्चमा खेल्नेछ । त्यसपछि नेपालले १० मार्चमा अफगानिस्तान र १२ मार्चमा हङकङसँग खेल्नेछ । सुपर सिक्समा पुग्ने लक्ष्य सहित नेपाल हरारे गएको हो ।
नयाँपत्रिकाबाट

Logo