काठमाडौँ । नेपाली क्रिकेटप्रेमीहरुका लागि फेरि एउटा अर्को खुसीको खबर छ । हालै सम्पन्न डिभिजन २ मार्फत बिश्वकप छनौट खेलका लागि छनौट भएको नेपाली क्रिकेट खेलाडी क्यारेबियन प्रिमियर लिग (सिपिएल) को पनि 'ड्राफ्ट'मा परेका छन् । "/>

नेपाली क्रिकेटप्रेमीलाई अर्को खुसीको खबर

नेपाली क्रिकेटप्रेमीलाई अर्को खुसीको खबर

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । नेपाली क्रिकेटप्रेमीहरुका लागि फेरि एउटा अर्को खुसीको खबर छ । हालै सम्पन्न डिभिजन २ मार्फत बिश्वकप छनौट खेलका लागि छनौट भएको नेपाली क्रिकेट खेलाडी क्यारेबियन प्रिमियर लिग (सिपिएल) को पनि ‘ड्राफ्ट’मा परेका छन् । 

१८ देशका २ सय २७ विदेशी खेलाडीहरुका साथमा नेपाली खेलाडी पनि रहेको सिपिएलले जनाएको छ । उक्त ड्राफ्टमा अधिकांश टेस्ट राष्ट्रसहित क्यानडा, अमेरिका, आयरल्याण्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, जिम्बाबे, अफगानिस्तान, स्कटल्याण्ड, युएई, नेपाल, ओमान, केन्या लगायत देशका खेलाडीहरु समाबेश छन्। त्यसमा वेस्ट इन्डिजका मात्रै १ सय २१ जना छन् । अब यी खेलाडीको अक्सन मार्च १ मा लन्डनमा हुने सिपिएलले जनाएको छ ।

सिपिएलको ड्राफ्टमा नेपाली खेलाडी परेको पक्का भए पनि को खेलाडी परे भन्ने कुरा भने सार्वजनिक भएको छैन । यदपि हालै (आइपिएल) को अक्सनबाट दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा आबद्ध भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछाने नै सिपिएलको ड्राफ्टमा परेको हुन् सक्ने अनुमान गरिएको छ ।

सन्दिप यस अघि पाकिस्तान प्रिमियर लिग र ढाका प्रिमियर लिगको ड्राफ्टमा पनि परेका थिए । सिपिएल क्रिकेट आगामी ८ अगस्टदेखि १६ सेप्टेम्बरसम्म हुनेछ ।

Logo