बरफ माथीको ग्ल्यामर

बरफ माथीको ग्ल्यामर

केन्द्रबिन्दु
0
Shares

फिगर स्केटिङ सम्भवत सबैभन्दा आकर्षक खेलकुद प्रतियोगितामा पर्छ । बरफको माथी ब्लेड भएको जुत्ता लगाएर आकर्षक नृत्य गरेर खेलिने यो खेल हिउँदे ओलम्पिकको पनि सर्वाधिक आकर्षक खेल मानिन्छ ।

यसपटक दक्षिण कोरियामा आयोजना भैरहेको हिउँदे ओलम्पिक प्रतियोगितामा पनि फिगर स्केटिङका खेलाडीहरुले लगाएको ड्रेस, त्यसको डिजाइन र कलर कम्बिनेसनले निकै चर्चा पाईरहेको छ ।

यो खेलको आकर्षक भनेकै खेलाडीहरुले आफ्नो इच्छा अनुसारको ड्रेस लगाउन पाउनु पनि हो । यसरी खेलाडीहरुले आफुलाई आकर्षक देखाउन बिशेष डिजाइन गरेको ड्रेस लगाउने हुनाले प्रदर्शन पिच्छे विविधता र ग्ल्यामर पनि देखिने गर्छ । अझ यो खेलमा महिला र पुरुष खेलाडीले जोडीको रुपमा संगितको तालमा कुनै कथा बुन्दा हेर्ने दर्शकलाई स्वर्गको अभाष मिल्ने गरेको छ ।

यसपटक आयोजना भएको हिउँदे ओलम्पिक प्रतियोगितामा पनि धेरै खेलाडीहरुले आफुलाई आकर्षक देखाउने प्रयास गरे । उनीहरुको यो प्रयासले हिउँदे ओलम्पिक प्रतियोगितालाई ग्ल्यामरस बनायो ।

Logo