उपाधी भिडन्तः पारस खड्काको सतक, नेपालले उपाधी रक्षा गर्न सकेन्

उपाधी भिडन्तः पारस खड्काको सतक, नेपालले उपाधी रक्षा गर्न सकेन्

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

डिभिजन २ अन्तर्गतका प्रतियोगिताहरु आज सम्पन्न भएका छन् । प्रतियोगिताको उपाधी युएइले जितेको छ । भने नेपाल उपविजेता बनेको छ ।

आज भएको फाईनल खेलमा नेपाल टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले पुरै ५० ओभरमा २ सय ७० रन मात्र बनाउन सक्यो । नेपालका लागी कप्तान पारस खड्काले ८ छक्का र ३ चौकाको मद्दतमा १ सय १२ रन बनाए ।

त्यस्तै दिपेन्द्रसिंह ऐरीले ६६ बलमा ३५ रन, शरद भेश्वाकरले ३७ बलमा ३० रन बनाए । नेपालका ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ले २५ बलमा २४ र दिलिप नाथले २९ बलमा १३ रन बनाए । करन केसी २ र सोमपाल कामी ६ रनमा आउट भए

४३ ओभरमा नेपालको २०० रन

लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४३ ओभरमा २ सय रन पुरा गर्यो । नेपालले पाँच विकेटको क्षतिमा २०० रन पुर्याएको हो । उक्त समयमा कप्तान पारस खड्का ८० रन बनाएर खेलिरहेका थिए । नेपालले यसअघि लिग चरणमा युएइलाई ४ विकेटले पराजित गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा २ सय ७७ रन जोड्यो।

युएईका लागि ओपनिङ ब्याट्सम्यान अस्फक अहमेदले शतक प्रहार गरे। १ सय १४ रन जोडेका उनि सन्दिप लामिछानेको बलमा क्याच आउट भए ।

राम्रो सुरुवात गरेको युएईले पहिलो विकेटको लागि १ सय ९ रनको साझेदारी गरेको थियो। युएईका ओपनर तथा कप्तान रोहान मुस्ताफालाई ५१ रनमा आउट भएपछि नेपालका लागि बसन्त रेग्मीले पहिलो सफलता दिलाएका थिए। मुस्ताफाले ७४ बल खेल्दा ७ चौका प्रहार गरे।

नेपालले दोस्रो विकेटको रुपमा गुलाम सब्बारलाई १८ रनमा सन्दीप लामिछानेले उनलाई रनआउट गराएका थिए।

यस्तै आक्रामक ब्याटिङ गरेका शइमान अन्वार ४० रनमा आउट भए। उनलाई सोमपाल कामीले रोहित कुमार पौडेलबाट क्याच गराए। आउट हुनुअघि उनले २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे। यस्तै रमिद साहजादले ४६ बलमा नटआउट ४१ रन जोडे।

बलिङतर्फ नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र सोमपाल कामीले १–१ विकेट हात पारे। सन्दीपले १० ओभरमा ३९ रन खर्चिदा बसन्तले समान ओभरमा ५३ रन खर्चिए। प्रतियोगितामा प्रत्येक खेलमा विकेट लिएका उनले १७ विकेट लिन सफल भए ।

Logo