टस हारेर पहिले फिल्डिङको निम्ता पाएको नेपालले २ सय ७८ रनको लक्ष्य पाएको छ । "/>

उपाधी भिडन्तः नेपालले पायो २ सय ७८ रनको लक्ष्य ( हेर्नुहोस् ११ फोटो)

उपाधी भिडन्तः नेपालले पायो २ सय ७८ रनको लक्ष्य ( हेर्नुहोस् ११ फोटो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नामिबियामा जारी डिभिजन २ अन्तर्गत उपाधिका लागी नेपाल र युएई खेलिरहेका छन् ।

टस हारेर पहिले फिल्डिङको निम्ता पाएको नेपालले २ सय ७८ रनको लक्ष्य पाएको छ । प्रतियोगिता अवधिभर राम्रो बलिङ गरिरहेका नेपालका बलरहरुले आज सोचेजस्तो विकेट लिन सकेनन् ।

 

नेपालका लागी बसन्त रेग्मी, सन्दिप लामिछाने र सोमपाल १—१ विकेट लए । युएइका घुलम सब्बर रन आउट भएका थिए ।

पुरै ५० ओभर बलिङ गरेको युएईले ४ विकेटको क्षतिमा २ ७७ रन बनायो । युएइका लागी ओपनर अस्फक अहमदले सतक प्रहार गरे १ सय २३ बलको सामना गरेका उनले १ सय १४ रन बनाए । त्यस्तै अर्का ओपनर रोहन मुस्तफाले ७४ बलमा ५१ रन बनाए ।

त्यसैगरि कप्तान घुलम सब्बरले १८, साईमन अनवरले २४ बलमा ४० रन र रमिज सहजादले नट आउट ४१ रन बनाए ।

नेपालले केही बेरपछि जवाफि ब्याटिङ गर्ने छ ।

लिग चरणमा भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो।

३४ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको युएईले १ सय १४ रन जोडेको थियो। कप्तान पारस खड्काले ५१ रन जोडेपछि नेपालले ३१ बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो।

समूह चरणको अन्तिम खेलमा क्यानडामाथि १ विकेटको सनसनीपूर्ण जित निकालेसँगै नेपाल लिगको शीर्ष स्थानमा रहन सफल भएको छ । आयोजक नामिबियालाई पराजित गरेको युएई लिगमा दोस्रो बनेको हो।

तेस्रो स्थानका लागि नामिबिया र क्यानडाबीच तथा पाँचौ स्थानका लागि ओमान र केन्याले भिडन्त गर्दैछन्।

तेस्रो स्थानका लागी खेलिरहेको नामिबिया र क्यानडाबीचको खेल पनि जारी रहेको छ । टस जितेर पहिले व्याटिङ थालेको क्यानडाले पुरै ५० ओभर खेल्दै ४ विकेटको क्षतिमा २ सय ४७ रन बनाएको छ ।

त्यसैगरि पाँचौ स्थानका लागि ओमान र केन्याले खेलिरहेका छन् । टस जितेर पहिले फिल्डिङ रोजेको ओमानले २ सय ५४ रनको लक्ष्य पाएको छ । केन्याले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर २ सय ५३ रन बनाएको थियो ।

Logo