नेपालले पायो १ सय ७८ रनको विजयी लक्ष्य

नेपालले पायो १ सय ७८ रनको विजयी लक्ष्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल र केन्याबीचको खेल जारी रहेको छ ।

टस जितेर पहिले फिल्डिङ गरिरहेको नेपालले १ सय ७८ रनको लक्ष्य पाएको छ ।

पुरै ५० ओभर खेलेको केन्याले ८ विकेटको क्षतिमा १ सय ७७ रन बनायो ।

खेलको सुरुवाती चरणको निकै दवावमा रहेको नेपालका लागी सन्दिप लामिछानेले निकै उत्कृष्ट प्रदर्शन गरे । १० ओभर बलिङ गरेका सन्दिपले ५ ओभर मेडेन राख्दै २० रन दिएर ५ विकेट लिए । १६ औं ओभरबाट बलिङ थालेका सन्दिपले नेपालका लागी महत्वपूर्ण २ विकेट लिए ।

त्यस्तै बसन्त रेग्मी, सोमपाल कामी, र शरद भेश्वाकरले समान १— १ विकेट लिए ।

केन्याका लागी ओपनर ब्याट्सम्यान ईफरान करिम र अलेक्स ओबाण्डाले लामो साझेदारी गरे । १०० बलको सामना गरेका करिमले ४२ र ४५ बलको सामना गरेको ओबाण्डाले ४१ रन बनाए । त्यस्तै कोलिन्स अबोयाले ६१ बलमा २७ बनाए ।

नेपालले केही बेरमा जवाफी व्याटिङ गर्नेछ ।

यसअघि खेलेका ३ खेलमा नेपाल २ मा विजयी हुँदै ४ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

Logo