काठमाडौँ ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल र केन्या भिड्दैछन् । दिउँसो सवा १ बजे विन्डहकमा हुने खेलमा एक अर्काका चिरपरिचित प्रतिद्धन्द्धी नेपाल र केन्या भिड्नेछन् । "/>

डिभिजन २ः नेपाल र केन्या भिड्दै, यस्तो छ अहिलेसम्मको अवस्था

डिभिजन २ः नेपाल र केन्या भिड्दै, यस्तो छ अहिलेसम्मको अवस्था

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत नेपाल र केन्या भिड्दैछन् । दिउँसो सवा १ बजे विन्डहकमा हुने खेलमा एक अर्काका चिरपरिचित प्रतिद्धन्द्धी नेपाल र केन्या भिड्नेछन् ।

जारी प्रतियोगितामा नेपालले तीन खेल खेलिसकेको छ । जसमध्ये २ खेलमा नेपाल विजयी भएको छ । भने केन्याले २ खेल खेलेको छ उ २ खेलमै पराजित भएको छ ।

नेपाल भर्सेस केन्या हेड टु हेड

यो भन्दा पहिलेका प्रतियोगिताहरुलाई आधार मान्दा केन्या नेपाल भन्दा धेरै बलियो मानिन्छ । २०१४ माभएको विश्वकप छनोट प्रतियोगितामा केन्याले नेपाललाई १ विकेटले पारजित गरेको थियो ।

त्यस्तै २०१५ को डिभिजन–२ को लिग चरणमा नेपाल ५ विकेटले पराजित भएको थियो भने तेस्रो स्थानको प्लेअफमा १५ रनले पराजित भएको थिायो । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा मा भएको पहिलो खेलमा केन्या पाँच विकेटले विजयी भयो, भने दोस्रो खेलमा नेपाल ७ विकेट विजयी भयो ।

पाँच पटक एक दिवसीय विश्व कप खेलेर एक पटक सेमिफाइनल सम्म पनि पुगिसकेको केन्या अहिले भने राम्रो लयमा छैन । विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट नेपालसँगै रेलिगेट भएर केन्या डिभिजन–२ मा पुगेको हो ।

डिभिजन–२ मा पनि २ खेल खेलिसकेको केन्या जीत विहिन अवस्थामा तालिकाको पुछारमा छ । पहिलो खेलमा केन्या युएईसँग २१८ रनको भारी अन्तरले पराजित हुँदा एक सय रन पनि पुरा गर्न सकेन । त्यस्तै नामिवियाविरुद्धको खेल भने बर्षाले प्रभावित भयो । केन्या तेस्रो खेल खेल्दैछ भने नेपाल आफ्नो चौथो खेल खेल्दैछ ।

Logo