आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत नेपाल र युएईको खेल जारी रहेको छ ।

१ सय १५ रनको लक्ष्य पाएको नेपाललाई पहिलो झड्का लागेको छ । "/>

नेपाललाई पहिलो झड्का, २ रन बनाएर दिलिप आउट

नेपाललाई पहिलो झड्का, २ रन बनाएर दिलिप आउट

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत नेपाल र युएईको खेल जारी रहेको छ ।

१ सय १५ रनको लक्ष्य पाएको नेपाललाई पहिलो झड्का लागेको छ । पहिलो विकेटको रुपमा नेपालका ओपनर व्याट्सम्यान आउट भएका छन् । यो समाचार तयार पार्दा सम्म ३ दशमलव २ ओभर खेल्दै नेपालले १० रन बनाएको छ ।

यसअघि टस जितेर पहिले फिल्डिङ गरेको नेपालका लाग सोमपाल कामीले ४ विकेट लिए । त्यस्तै सन्दिप लामिछानेले ३ र पारस खड्काले २ विकेट लिएका थिए भने करन केसीले १ विकेट लिए ।

युएइका लागि सार्वधिक ३० रन साइमन अनवारले जोडे । त्यस्तै अदनान मुफ्तीले १८, घुलम सब्बरले १५ रन जोडे । त्यसैगरि मोहमद बोटले १५ रन जोडे ।

नेपालले केही बेरमा जवाफी व्याटिङ गर्ने छ । वर्षाले अवरुद्ध खेल झण्डै ३ घण्टा ढिला गरी सुरु भएको थियो । खेल ३४ ओभरमा छोट्याइएको छ ।

Logo