आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत नेपाल र युएईको खेल जारी रहेको छ ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले १ सय १५ रनको लक्ष्य पाएको छ । "/>

नेपालले १ सय १५ रनको विजयी लक्ष्य पायो, केही बेरमा व्याटिङ गर्ने

नेपालले १ सय १५ रनको विजयी लक्ष्य पायो, केही बेरमा व्याटिङ गर्ने

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत नेपाल र युएईको खेल जारी रहेको छ ।

टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले १ सय १५ रनको लक्ष्य पाएको छ । युएइलाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए । त्यस्तै सन्दिप लामिछानेले ३ र पारस खड्काले २ विकेट लिएका थिए भने करन केसीले १ विकेट लिए ।

युएइका लागि सार्वधिक ३० रन साइमन अनवारले जोडे । त्यस्तै अदनान मुफ्तीले १८, घुलम सब्बरले १५ रन जोडे । त्यसैगरि मोहमद बोटले १५ रन जोडे ।

नेपालले केही बेरमा जवाफी व्याटिङ गर्ने छ । वर्षाले अवरुद्ध खेल झण्डै ३ घण्टा ढिला गरी सुरु भएको थियो । खेल ३४ ओभरमा छोट्याइएको छ ।

 

Logo