लालीगुराँस र हिमरश्मी प्रिक्वाटरफाइनलमा

लालीगुराँस र हिमरश्मी प्रिक्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लालीगुराँस नेसनल एकेडेमी र हिमरश्मी १० औं ओडिसी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

लालीगुराँसले एचएचसीएलाई २०–१२ ले पराजित गर्‍यो । लालीगुराँसका यस कुमारले ६ अंक जोडे । रुपेश नेपालीको ९ अंक सहयोगमा हिमरश्मीले निब्सलाई १८–१५ ले हरायो ।

जुनियर ब्वाइजमै माउन्ट ग्लोरी, एन्जल्स हार्ट र गोल्डेनपिक पनि प्रिक्वाटरफाइनलमा पुगे । माउन्ट ग्लोरीले भद्रकालीलाई २०–१५ तथा एन्जल्स हार्टले ग्रिनल्यान्डलाई २७–२० ले पन्छाए । माउन्ट ग्लोरीका मनीष तामाङले ९ तथा एन्जल्स हार्टका प्रतीक गौलीले १५ स्कोर गरे ।

दोहोरो जित निकालेको गोल्डेनपिकले जगत मन्दिरलाई १५–१० तथा पारामाउन्टलाई १३–७ ले पाखा लगायो । विजयी टिमका लागि जगत मन्दिर विरुद्ध पेम्बा शेर्पा र पारामाउन्ट विरुद्ध अनिल राईले समान ७–७ अंक जोडे । अर्को लिगमा सेबले इनोभेटिभलाई १२–८ ले पराजित गर्‍यो । सेबका सुरज थापाले ५ स्कोर गरे ।

Logo