राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २१ पुस । नेपाल भलिबल संघको आयोजनामा चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उक्त च्याम्पियनसिप आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिने संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए ।

उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने महिला तथा पुरुष टोलीले १ लाख ५० हजार रुपैंया, दोस्रो हुनेले १ लाख तथा तेस्रोले ६० हजार रुपैंया पुरस्कार पाउनेछन् । प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट घोषित हुने खेलाडीले १५ हजार पाउनेछन् भने उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सरभर र प्रशिक्षकलाई ५ हजार प्रदान गरिने जनाइएको छ ।

प्रतियोगितामा महिलातर्फ ९ तथा पुरुषतर्फ १२ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीलाई छनोट गरी आगामी चैत/वैशाखमा हुने राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितामा सहभागी गराइने नेपाल भलिवल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

Logo