आइसिसी विश्व लिग क्रिकेटका लागि खेलाडी छनोट

आइसिसी विश्व लिग क्रिकेटका लागि खेलाडी छनोट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ, २० पुस | नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि प्रारम्भिक चरणमा २१ सदस्यीय खेलाडी टोलीको छनोट गरिएको छ । 

फेब्रुअरी ६ देखि १६ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसी प्रतिनिधि अनिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले २१ खेलाडीको छनोट गरेको हो । 

छनोट हुनेमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, करण केसी, अनिलकुमार शाह, वसन्त रेग्मी, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, दिपेश श्रेष्ठ, ललित भण्डारी, ललितनारायण राजवंशी र आरिफ सेख छन् । 

त्यस्तैगरी, शक्ति गौचन, शरद भेषवाकर, सिद्धान्त लोहनी, सोमपाल कामी, रसिद खान, किशोर महतो, सन्दीप लामिछाने, सुनिल धमला तथा सुशन भारी छनोट भएका छन् । रसिद र कशोर भने पहिलोपटक टोलीमा समावेश भएका हुन् । 

राष्ट्रिय टोलीका दुई खेलाडी विनोद भण्डारी र सागर पुन भने प्रारम्भिक चरणमा परेनन् । रासस

Logo