रोमाञ्चक जित हासिल गर्दै विराटनगर वारियर्स बन्यो इपिएल च्याम्पियन

रोमाञ्चक जित हासिल गर्दै विराटनगर वारियर्स बन्यो इपिएल च्याम्पियन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १५ पुस । एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपिएल) को उपाधि विराटनगर वारियर्सले हात पारेको छ । भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै उपाधि हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । विराटनगरका लागि अंशुमन रथले ४१, कप्तान पारस खड्काले २७, अनिल साहले २२ र प्रनित थापा मगरले १६ रन बनाए ।

बाबर हायत ११, आशिफ शेख ७ रनमा आउट भए  भने करण केशी ९ र बसन्त रेग्मी ३ रनमा नटआउट रहे । भैरहवाका लागि कृष्ण कार्की र हरिशंकर साहले २/२, तथा शरद भेषावकर र आरिफ शेखले १/१ विकेट लिए । 

भैरहवाले २० ओभर खेलेर ९ विकेटको क्षतिमा १४८ रन बनायो । विजेता विराटनगर वारियर्सले ट्रफीसहित २१ लाख पुरस्कार पाउनेछ । कप्तान पारस खड्का खेलको म्यान अफ द फाइनल भएका छन्  । विराटनगर वारियर्सको कप्तानी पारस खड्काले र भैरहवा ग्लाडिएटर्सको कप्तानी शरद भेषावकरले गरिरहेका छन् ।

Logo