इपिएल क्रिकेट फाइनल: भैरहवालाई १५० रनको चुनौती (हेर्नुहोस् भिडियो)

इपिएल क्रिकेट फाइनल: भैरहवालाई १५० रनको चुनौती (हेर्नुहोस् भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १५ पुस । एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपिएल) को उपाधिका लागि विराटनगर वारियर्सले र भैरहवा ग्लाडिएटर्सलाई १ सय ५० रनको चुनौती दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगरले २०ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको हो । विराटनगरका लागि अंशुमन रथले ४१, कप्तान पारस खड्काले २७, अनिल साहले २२ र प्रनित थापा मगरले १६ रन बनाए ।

बाबर हायत ११, आशिफ शेख ७ रनमा आउट भए  भने करण केशी ९ र बसन्त रेग्मी ३ रनमा नटआउट रहे । भैरहवाका लागि कृष्ण कार्की र हरिशंकर साहले २/२, तथा शरद भेषावकर र आरिफ शेखले १/१ विकेट लिए । 

विराटनगर वारियर्सको कप्तानी पारस खड्काले र भैरहवा ग्लाडिएटर्सको कप्तानी शरद भेषावकरले गरिरहेका छन् । 

 

 

Logo