पूर्व विश्व स्टार फुटबलर जर्ज वीह लाइबेरियाको राष्ट्रपति निर्वाचित

पूर्व विश्व स्टार फुटबलर जर्ज वीह लाइबेरियाको राष्ट्रपति निर्वाचित

केन्द्रबिन्दु
0
Shares

लाइबेरिया, १४ पुस ।

पश्चिम अफ्रिकी देश लाइबेरियामा विश्वचर्चित पूर्व फुटबल स्टार जर्ज वीह देशका नयाँ राष्ट्रपति निर्वाचित भएका छन् ।

हालै सम्पन्न निर्वाचनमा ६० प्रतिशतभन्दा बढी मतका साथ जर्ज आफ्ना प्रतिद्वन्द्वी जोसेफ बाओकीभन्दा धेरै अघि देखिएका छन् ।

जर्जको जीतको खबरसँगै उनका हजारौं समर्थकबीच राजधानी मोनरोभियामा उत्सवको माहौल व्याप्त छ । पूर्व फुटबलर जर्ज लाइबेरियाकी पहिलो महिला राष्ट्रपति एलन जोनसन सर्लीफको स्थानमा पदासीन हुनेछन् ।

जीतपछि ट्वीट गर्दै जर्जले लेखेका छन् ‘लाइबेरियाका मेरा साथीहरु, म पूरा देशको भावनालाई बुझ्दछु । म आफ्नो जिम्मेवारी र महत्वलाई बुझ्छु । अब हामी परिवर्तनतर्फ अघि बढ्छौँ ।’

जर्ज वीहको जीवन यात्रा – फुटबलरदेखि राष्ट्रपतिसम्म


युरोपका खेलाडी बाहेक बालोन डि’ओरको उपाधि जित्ने जर्ज वीह पहिलो खेलाडी हुन् । आफ्नो जमानामा उनी युरोपमा फ्रान्सको पेरिस सेन्ट जर्मेन र इटालीको एसी मिलानका स्टार खेलाडी थिए ।

करियरको अन्त्य समय भने उनले इङ्लयण्डका चेल्सी र म्यान्चेस्टर सिटीमा बिताए । जर्ज फिफा वर्ल्ड प्लेयर अफ द ईयर र बालोन डि’ओर सम्मान हासिल गर्ने एक्ला अफ्रिकी खेलाडी पनि हुन् ।

सन् २००२ मा खेलजीवनबाट सन्यासपछि उनी राजनीतिमा सक्रिय भएका हुन् । राष्ट्रपति चुनिन अघि उनी सांसद पनि रहिसकेका छन् ।

यसअघि २००५ को राष्ट्रिपति चुनावमा वीह एलन जोनसन सर्लीफसँग भिडेका थिए । सर्लीफको शासन २००६ बाट शुरु भर्एको थियो । त्यतिबेला गृहयुद्धपछि तत्कालीन राष्ट्रपति चाल्र्स टेलरले विद्रोहीहरुका कारण सत्ता गुमाउनु परेको थियो ।

दास प्रथाबाट मुक्त भएका अमेरिकीहरुका लागि सन् १८२० को दशकमा यो देश बसाइएको थियो । पछि, २६ जुलाई सन् १९८७ मा अफ्रिकामा यहाँ सबैभन्दा पुरानो गणतन्त्रको जन्म भयो ।

यो देशको सिमानामा एकातर्फ समुद्र रहेको छ भने अर्को तर्फ गिनी, सिएरा लियोन र आइवरी कोस्ट रहेका छन् ।

लाइबेरियाका पूर्व राष्ट्रपति चाल्र्स टेलरले सन् १९८० र ९० को दशकमा हिंस्रक विद्रोहको नेतृत्व गरेपछि सन् १९९७ मा चुनाव जितेका थिए ।  एजेन्सी

 

Logo