इपिएल क्रिकेट : भैरहवा ग्लाडियिर्सलाई पराजित गर्दै विराटनगर वारियर्स फाइनलमा

इपिएल क्रिकेट : भैरहवा ग्लाडियिर्सलाई पराजित गर्दै विराटनगर वारियर्स फाइनलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १२ पुस ।

पूर्वानुमान अनुसार नै विराटनगर वारियर्स राजधानीमा जारी एभरेस्ट प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो क्वालिफायर म्याचमा विराटनगरले भैरहवा ग्लाडियिर्सलाई ८ विकेटले सजिलै पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

टस हारेर पहिले ब्याटिङ गर्दै भैरहवाले दिएको १२८ रनको लक्ष्य विराटनगरले १७ ओभरमै केवल २ विकेट मात्र गुमाएर भेट्टायो । विराटनगरको पहिलो विकेट भने सुरुमै गुमेको थियो । एक रन जोड्दा ओपनर आसिफ शेख शून्यमै आउट भएका थिए ।

तर, टोलीका विदेशी खेलाडी बाबर हायात र अंशुमान रथले पारी सम्हाले । दोस्रो विकेटका लागि अंशुमानसँग ७१ रनको साझेदारी गरेका बाबर ६२ रन बनाएर आउट भए । त्यसपछि कप्तान पारस खड्का र अंशुमानले टिमलाई जिताए । पारस ४२ रनमा र अंशुमान २६ रनमा नटआउट रहे ।

यो म्याच प्रतियोगिताको पहिलो क्वालिफायर खेल थियो । यो क्वालिफायर जित्ने टिम विराटनगर फाइनल प्रवेश गरेको छ भने भने हार्ने टिम भैरहवालेले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।

भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो । टिमस्कोर २७ रन हुँदा ४ विकेट गुमाइसकेको भैरहवाका लागि पुनित मिश्राले सबैभन्दा बढी ४९ रन जोडे। उनले ३४ बलमा ३ चौका र ३ छक्का समेत प्रहार गरे । यस्तै आरिफ शेखले ४६ रन जोड्नुका साथै पुनित मिश्रासँग पाँचौ विकेटका लागि ८२ रनको साझेदारी पनि गरे ।

विराटनगरका सहान र करण केसीले २-२ विकेट लिए । पारस खड्का, बसन्त रेग्मी र अविनाश कर्णले १-१ विकेट लिए ।

Logo