इपिएल क्रिकेट : फाइनल खेल्न विराटनगरलाई १२८ रनको लक्ष्य

इपिएल क्रिकेट : फाइनल खेल्न विराटनगरलाई १२८ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, १२ पुस ।

राजधानीको कीर्तिपुरस्थित क्रिकेट मैदानमा भइरहेको एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगितामा भैरहवा ग्लाडीटियर्स फाइनल प्रवेशका लागि विराटनगर वारियर्सलाई १२८ रनको लक्ष्य दिएको छ । यो प्रतियोगिताको पहिलो क्वालिफायर खेल हो ।

यो क्वालिफायर जित्ने टिम फाइनल प्रवेश गर्नेछ भने हार्ने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ।

टस जितेर पहिले फिल्डिङ रोजेको बिराटनगर अब जवाफी ब्याटिङको तरखरमा छ ।

भैरहवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो । टिमस्कोर २७ रन हुँदा ४ विकेट गुमाइसकेको भैरहवाका लागि पुनित मिश्राले सबैभन्दा बढी ४९ रन जोडे। उनले ३४ बलमा ३ चौका र ३ छक्का समेत प्रहार गरे । यस्तै आरिफ शेखले ४६ रन जोड्नुका साथै पुनित मिश्रासँग पाँचौ विकेटका लागि ८२ रनको साझेदारी पनि गरे ।

विराटनगरका सहान र करण केसीले २(२ विकेट लिए । पारस खड्का, बसन्त रेग्मी र अविनाश कर्णले १(१ विकेट लिए ।

Logo