काठमाडौं,९,पुस
म्याड्रिड ला लिगा अन्तर्गत घरेलु मैदानमा हिजो बार्सिलोनासँग भएको खेलमा रियल म्याड्रिड पराजित भएको छ । "/>

रियल माथि बार्सिलोनाको शानदार जित

रियल माथि बार्सिलोनाको शानदार जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,९,पुस
म्याड्रिड ला लिगा अन्तर्गत घरेलु मैदानमा हिजो बार्सिलोनासँग भएको खेलमा रियल म्याड्रिड पराजित भएको छ । लुइस स्वारेज, लियोनल मेस्सी र अलेइक्स भिडालले गोल गरेपछि बार्सिलोनाले ३-० को जित हात पार्यो । खेलको पहिलो हाल्फ बराबरीमा सकिए पनि दोस्रो हाल्फमा ५४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

त्यसपछि रियलका कार्भाजलले डि बक्समा बार्सिलोनाको प्रहार हातले रोके पछि उनले सोझै रातो कार्ड पाए । रियल १० खेलाडीमा समेटिएको थियो । पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले बार्सिलोनाको अग्रता दोब्बर गरे । म्याड्रिड १० खेलाडीमा सिमित भएपनि गोल गर्ने प्रयास भने जारी राख्यो । ७६ मिनेटमा ग्यारेथ बेलको प्रहार रोक्दै स्टेगेनले बार्सिलोनाको दोब्बर अग्रता कायम राखे । भिडालले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई ३ – ० को जित पक्का गरे । यो जितसँगै बार्सिलोनाले शिर्ष स्थानमा उपस्थिति मजबुद गरेको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिड भन्दा बार्सिलोनाको ९ अंकको अग्रता बनेको छ भने रियल बार्सिलोना भन्दा १४ अंक पछि परेको छ ।
एजेन्सी

Logo