केन्द्रविन्दु समाचारदाता  ।

काठमाडौं, ८ पुस । नासा फाउन्डेसनको आयोजनामा दुर्इ दिने नेशनल मोटर साइक्लिङ सम्मेलन नयाँ बानेश्वरमा सुरु भएको छ । "/>

राष्ट्रिय मोटर साइक्लिङ सम्मेलन शुरु

राष्ट्रिय मोटर साइक्लिङ सम्मेलन शुरु

केन्द्रबिन्दु
0
Shares

केन्द्रविन्दु समाचारदाता  ।

काठमाडौं, ८ पुस । नासा फाउन्डेसनको आयोजनामा दुर्इ दिने नेशनल मोटर साइक्लिङ सम्मेलन नयाँ बानेश्वरमा सुरु भएको छ । दुर्इ दिने मोटरसाइक्लिङ सम्मेलनको उद्घाटन सत्रमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा राइडर्स खेलाडी दिक्षा श्रेष्ठ र राम बिक्रम थापालाई २५ हजार रुपैयाँ सहित अवार्ड प्रदान गरिएको छ ।

प्रमुख अतिथी रहेका श्रेष्ठले नासाको स्थापनाको समय स्मरण गर्दै मोटरसाइकल स्पोर्ट दर्ता प्रकृयामा यस्तो नि खेल हुन्छ भन्ने प्रतिकृया बाट १० बर्षको अवधिमा आर्इपुग्दा मोटरसाइक्लिङ खेल एउटा खेलका रूपमा स्थापित हुनु उपलब्धी भएको बताए । तर दुई खुट्टाले दौडने खेलमा समेत सोच्नु पर्ने देशमा सडक र ट्राफिक ब्यस्थापन मात्रै होइन मेसिनको सहायतामा खेल्ने खेल ज्यादै नै चुनौतीपूर्ण रहेको भन्दै यस तर्फ यो सम्मेलनले गम्भीर रुपमा मनन गर्न सकोस भन्ने सल्लाह दिएका थिए ।

देश भरका विभिन्न अटो मोबाईल्स कम्पनिका पदाधिकारी, राइडर्स तथा अन्य क्षेत्रका खेलाडीको सहभगितामा मोटरसाइक्लिङ स्पोर्ट्सका सम्भावना र चुनौतीका बिषयमा छलफल भइरहेको छ । सहभागीहरुले आफ्नो खेल अनुभव र देखिएका चुनौतीहरुका विषयमा आफ्ना बिचार पनि राखेका छ्न् ।

Logo